Samajik Feed – News Portal from Nepal

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटलाई उच्च प्राथमिकता दियो

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिटलाई गम्भीरतापूर्वक लिँदै अग्राधिकारमा राखेको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आइतबार अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अर्को सुनुवाइको मिति पनि तोकेको हो। सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबीच छलफल आवश्यक रहेको भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता:बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भेटवार्ता भइरहेको छ। प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएअनुसार, यो भेटवार्ता हाल जारी छ। भेटवार्तामा दुई नेताले बजेट र मधेस प्रदेशको सरकार गठनबारे छलफल गरेका छन्। अध्यक्ष ओलीले शनिबार बजेट निर्माणका क्रममा आफूहरूसँग कुनै परामर्श नगरेको भन्दै असन्तुष्टि व्यक्त […]

मधेश सरकार बारे निर्णय लिन लोसपा र नेकपा एसको बैठक बस्दै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते । मधेश सरकार बारे निर्णय लिन लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले बैठक बसाएको छ ।दुबै दलले छुट्टा छुट्टै बैठक बसेर निर्णय लिन लागेको हो । लोसपाले मधेश सरकारको सम्बन्धमा निर्णय लिन बैठक बसेको हो । लोसपाका मधेश प्रदेश संसदीय दलका उपनेता उपेन्द्र महतोले प्रदेश सरकारको सम्बन्धमा आज […]

अबको हिसाब प्रधानमन्त्रीसँग- गगन थापा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ २० गते नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अबको हिसाब-किताब प्रधानमन्त्रीसँग नै हुने बताएका छन्। उनले गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको सम्बोधनलाई लिएर अब हिसाब-किताब प्रधानमन्त्रीसँग गर्नुपर्ने स्पष्ट पारेका छन्। गृहमन्त्री लामिछानेले संसदको गरिमा नराखेको आरोप लगाउँदै थापाले सभामुखको ध्यानाकर्षण गराएका छन्। गृहमन्त्रीले संसदमा विदेशी एसेटको विषय उठाएको सम्बोधनलाई संवेदनशील बताउँदै कांग्रेसले यसलाई […]

यस्ता छन् मन्त्रिपरिषद् बैठकका २६ निर्णय

सामाजिक फीड, काठमाडौँ, १८ जेठ । सरकारले पछिल्लो समय गरेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । शुक्रबार सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले यही जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका २६ निर्णय आज सार्वजनिक गरेकी हुन् । सार्वजनिक भएका निर्णयहरूमा राष्ट्रपति रामचन्द्र पौडेलको स्विट्जरल्याण्ड भ्रमणको स्विकृतिदेखि काठमाडौँका मेयर बालेन्द्र साहको सिंगापुर भ्रमणको स्विकृतिसम्म […]

माओवादी केन्द्रको बैठक जारी, आगामी योजना र रणनीति तय हुँदै

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १८ गते सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको छ। बैठकमा जेठ १५ गते संसदमा पेश भएको आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटबारे छलफल भइरहेको छ। अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमाथि संसदमा आइतबारदेखि छलफल हुने कार्यक्रम रहेको छ। यसै सन्दर्भमा, माओवादी केन्द्रले संसदमा प्रस्तुत हुने रणनीति […]

उपप्रधान र गृहमन्त्री लामिछानेलाई पदबाट निलम्बनको माग आज सुनुवाई नहुने

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै दायर भएको रिट आज सुनुवाई नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा परेको थियो । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो। अधिवक्ता भट्टराईले गृहमन्त्री लामिछाने पदमा रहेर सहकारी ठगीको छानबिन निष्पक्ष […]

कोशी सरकारको विवाद: न्यायाधीशद्वय शर्मा र सुवेदीको इजलासमा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १६ गते कोशी सरकार गठन विरुद्धको रिटमा बुधवार सुनुवाई हुँदै छ । सो रिट सर्वोच्चका न्यायाधीशद्धय मनोजकुमार शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासमा पेशी तोकिएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा सरकार गठन प्रक्रिया बदर गर्न माग गर्दै रिट दायर गरेका हुन् ।‌ जेठ ९ गते संयुक्त इजलासले मुख्यमन्त्री कार्की […]

पारित भयो मध्यकालिन खर्च संरचना र वार्षिक विकास कार्यक्रम

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १५ गते राष्ट्रिय योजना आयोगको पूर्ण बैठकबाट सरकारको वार्षिक विकास कार्यक्रम र ३ वर्षे मध्यमकालीन खर्च संरचना पारित भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको आयोगको पूर्ण बैठकले बजेटसँगै संसदमा पेस हुने वार्षिक कार्यक्रम तथा मध्यमकालिन खर्च संरचना समेत पारित गरेको हो । […]

प्रदेश प्रमुखद्वारा मधेश प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १४ गते । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरेकी हुन् । आइतबारको मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्को सिफारिसमा प्रदेश प्रमुख भण्डारीले जेठ २१ गते दिनको २ बजेका लागि बैठक आह्वान गरेकी हुन् । उनले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम मधेश प्रदेश सभाको तेस्रो अधिवेशन […]