निर्वाचित भएपनि रवि लामिछाने संसदमा शपथ लिन नपाउने!

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए तापनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्काल संसदीय काममा सहभागी हुन सक्ने स्थिति छैनन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले सांसद पदमा सक्रिय हुन नपाउने कानुनी अवस्था बनेको हो। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित […]
जेनजी आन्दोलनको प्रतिवेदन बुझाउन जाँचबुझ आयोगको टोली प्रधानमन्त्री कार्यालयमा

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन बुझाउन जाँचबुझ आयोगको टोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई आज प्रतिवेदन बुझाउन पुगेका हुन् ।प्रधानमन्त्री कार्कीलाई आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाइएको छ ।
सप्तरी-३ मा उपेन्द्र यादव पराजित, रास्वपाका अमरकान्त चौधरी विजयी

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले पराजित गरेका छन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् । चौधरीले यादवलाई १७ हजार ६३६ मतान्तरले पराजित गरेका हुन्। […]
गगन र अमरेश उम्मेदवार रहेको सर्लाही ४ को सबै मतदानस्थल अतिसंवेदनशील

सामाजिक फीड-जनकपुरधाम, फागुन १४ गते । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ को सबै मतदानस्थल अतिसंवेदशील रहेको छ । जिल्लाको सुरक्षा समितिले जिल्लाका ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटालाई अतिसंवेदनशील र १ सय ३१ लाई संवेदनशीलमा वर्गिकरण गरेको छ । प्रधानमन्त्रीका भावी उम्मेदवार कांग्रेस सभापति गगनकुमार थापा, […]
निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्याउनेविरुद्ध दुई लाख जरिवाना वा तीन वर्ष कैदको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते । फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध पुर्याएमा दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। निर्वाचन आयोग का अनुसार संघीय कानुन अनुसार कसैलाई निर्वाचन प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट रोक्ने उद्देश्यले अवरोध पुर्याउने, पुर्याउन लगाउने, थुनछेक गर्ने वा गराउने काम गरेमा दुई लाख रुपैयाँसम्म […]
पर्सामा निर्वाचन सुरक्षाका लागि १ सय ६७ मतदानस्थलमा सीसीटीभी जडान

सामाजिक फीड-जनकपुरधाम, फागुन १० गते । आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुरक्षा योजना तयार पारेको छ। प्रहरीका अनुसार जिल्लाभर रहेका कुल १६७ मतदानस्थललाई फागुन १७ गतेसम्म सीसीटीभी प्रणालीसँग जोडिने व्यवस्था गरिएको छ। यस प्रणालीमार्फत मतदानस्थलहरूमा निरन्तर निगरानी राखेर फागुन २१ गते हुने मतदान प्रक्रियालाई अझ सुरक्षित, […]
नेपाली कांग्रेसको चुनावी दाबी र नेतृत्व योजना: विश्वप्रकाश शर्मा

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो ठूलो पार्टी बन्ने दाबी गरेका छन्। राँकेबजारमा इलाम र पाँचथरमा आयोजित चुनावी सभामा उनले देशलाई निकास दिन कांग्रेसले जिम्मेवार र पूर्ण नेतृत्व प्रदान गर्ने तयारीमा रहेको बताए। उनका अनुसार, पहिलो हुने दलले सरकारको नेतृत्व पाउने प्रस्ताव […]
राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश केन्द्रित चुनावी अभियानमा

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेश केन्द्रित चुनावी अभियान थालेको छ । सप्तरीबाट राप्रपाले आमसभा आयोजना गरि अभियान सुरु गरेको हो । भारदहमा दिउँसो १ बजे हुने आमसभामा राप्रपाका शीर्ष नेताहरू उपस्थित हुनेछन् । फागुन ८ गते शुक्रबार महोत्तरी, सर्लाही, रौतहट र बारामा कोणसभा राखिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए […]
महोत्तरीका एमाले युवा नेता यादव रास्वपामा प्रवेश

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । नेकपा एमाले महोत्तरीका युवा नेता सरोज कुमार यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । दुई दिनअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य पदबाट राजिनामा दिएका उनी मङ्गलबार जनकपुरधाममा एक कार्यक्रम बीच उनी रास्वपा प्रवेश गरेका हुन् । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ केन्द्रीय सचिव समेत रहेका […]
मुख्यमन्त्री यादवको योजना : जनकपुर-अयोध्या सिधा उडान सुरु गर्ने तयारी

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल भइरहेको बताएका छन्। मिथिला मध्यमा परिक्रमाको अवसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश सरकारले जनकपुर–अयोध्या सम्बन्धलाई प्रगाढ बनाउने योजना अघि सारेको उल्लेख गरे। मुख्यमन्त्री यादवका अनुसार, यस पहलले […]