जसपाको राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक

सामाजिक फीड, काठमाडौँ, ३ वैशाख । जनता समाजवादी पार्टीले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा पार्टी कार्यालय बालकुमारीमा बसेको केन्दीय कार्यकारिणी समितिको बैठकले महाधिवेशनका लागि पार्टीको संगठित सदस्यतालगायत वैशाख ३ गतेभित्र संकलन गरिएका अभिलेख मात्रै मान्य हुनेसमेत निर्णय गरेको छ । […]
ओलीको टिप्पणी- एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो

समाजिक फीडजनकपुरधाम , वैशाख ३ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् । एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाएका हुन् । अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक […]
जसपाका पूर्वसांसद प्रमोद साहमाथि सांघातिक आक्रमण, ३ जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख ३ गते । जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद प्रमोद साहमाथि सांघातिक आक्रमण भएको छ। आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको हो । आक्रमणबाट पूर्वसांसद साहको टाउकामा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले बताए । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला […]
राप्रपाको काठमाडौँ केन्द्रित जनप्रदर्शनका क्रममा घाइते डाँगीको मृत्यु

समाजिक फीडजनकपुरधाम , वैशाख ३ गते । राप्रपाले काठमाडौंमा गरेको जनप्रदर्शनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा निधन भएको छ । बर्दियाको मधुवन नगरपालिकाका राप्रपा अध्यक्ष समेत रहेका डाँगीको काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा निधन भएको हो । गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत्र २७ गते काठमाडौंमा गरेको प्रदर्शनका […]
संघीय संसदको हिउदे अधिवेसनको अन्त्य

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । संघीय संसदको हिउदे अधिवेसनको अन्त्य भएको छ । सभामुख देवराज घिमिरेले आज बसेको बैठकमा राष्ट्रपतिको पत्र पढेर सुनाउदै अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् । सभामुख घिमिरेले कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको भएपनि प्रर्याप्य हुन नसकेको बताएका […]
कांग्रेसको निष्कर्ष- सरकार संसदबाट भाग्यो

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । नेपाली कांग्रेसले सरकारले संसदीय मूल्य मान्यता र अलोकतान्त्रिक काम गरेको भन्दै संसदको चालु अधिवेशन अन्त्य गर्ने निर्णयको भर्त्सना गरेको छ । आइतबार बिहान संसदीय दलको बैठकले सरकार जनताका समस्याप्रति गैरजिम्मेवार हुदै सरकारले संसदि अन्त्य गरेकोप्रति निन्दा गरेको मुख्य सचेतक रमेश लेखकले जानकारी दिएका छन् । लेखकले बैठकका निर्णय […]
एकीकृत समाजवादीले झलनाथ र गरिमालाई दियो उपनिर्वाचनको जिम्मेवारी

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पुर्वप्रधानमन्त्री झलनाथ खनाल र गरिमा शाहलाई चुनावी जिम्मेवारी तोकेको छ । प्रतिनिधिसभा निर्वाचन इलाम-२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी तोकिएको हो। चुनावमा सम्बन्धित जिल्ला […]
लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, […]
राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेकी अञ्जान शाक्यलाई सिफारिस

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत रहेकी थिइन् । samajik_feedsamajikfeed.com
लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका […]