Samajik Feed – News Portal from Nepal

लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको पुष्टि भयो- डा. स्वर्णिम वाग्ले

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ । विहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति स्वर्णिम वाग्लेले लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए । डा. वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको […]

सूचनाको हक कार्यान्वयनप्रति प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री सिंह

रासस-जनकपुरधाम, कार्तिक ८ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारका काम, प्रक्रिया र निर्णयका बारेमा सार्वजनिक गर्ने पद्दति संस्थागत भए सूचनाको हक स्वतः स्थापित हुने बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा नागरिक सर्वोच्चता महत्वपूर्ण र अपरिहार्य भएकाले सार्वजनिक निकायसँग सम्बद्ध कार्य वा विषयमा सूचनाको हक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए । सूचनाको हकका […]

पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार, स्थिति तनावग्रस्त बन्दै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । रास्वपाका कार्यकर्ताले निषेधित क्षेत्र तोडेर अगाडी बढेपछि प्रहरीले भिडलाई तितरबितर पार्न शुरुमा पानीको फोहोरा हानेको थियो । तर त्यसपछि भिड पछि नहटेपछि प्रहरीले अश्रुग्याँस हानेको छ ।  रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार […]

रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । सहकारी ठगीका विषयमा छानविन गर्न गठित संसदीय समितिले लामिछानेमाथि कारवाही सिफारिस गरेको थियो । शुक्रबार कास्की प्रहरी प्रमुख आफैं रविलाई पक्राउ पुर्जी […]

विपक्षी दलहरुले सरकारलाई जनसरोकारका विषयमा ध्यानाकर्षण गराउने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २ गते। प्रतिपक्षी दहरुले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन् । नेता बस्नेतले सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसदको विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए […]

लागुऔषध र भन्सार छली नियन्त्रण आवश्यक छ : मुख्यमन्त्री सिँह

सामाजिक फीड-जनकपुरधाम, असोज ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्तिसुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानुन कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरेका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा मधेश प्रहरी कार्यालय जनकपुरधामद्वारा यहाँ आयोजित कार्यक्रममा मुख्यमन्त्री सिँहले कानुन कार्यान्वयनसँग सम्बद्ध धेरैवटा कामको जिम्मेवारी रहेको नेपाल […]

लेबनानमा रहेका नेपाली सुरक्षित, सहयोग तथा जानकारी चाहिएमा सम्पर्क गर्न सकिने

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते। सरकारले विकसित पछिल्लो घटनाक्रमपछि लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध गरेको छ । लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै परराष्ट्र मन्त्रालयले हालसम्म त्यहाँ रहेका नेपाली नागरिकहरु सुरक्षित रहेको जानकारी दिएको छ । साथै […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

सामाजिक फीड-जनकपुरधाम, असोज १४ गते। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिएर आज स्वदेश फर्किदै छन् । प्रधानमन्त्री ओली स्वदेश फर्कने क्रममा आइतबार अमेरिकाको बोष्टनबाट कतारको दोहा प्रस्थान गरेका थिए । उनी कतारबाट आज काठमाडौँ आइपुग्ने छन् । प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्यूयोर्क तर्फ प्रस्थान गरेका […]

अत्यावश्यक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइयो

सामाजिक फीड १३ असोज २०८१ जनकपुरधाम । नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिईएको छ । सुरुङमार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो ।  काठमाडौँ भित्रिने दूध बाकेको ट्याङ्कर, कुखुरा बाकेको गाडीलाइ प्रवेश दिएको छ भने एम्बुलेन्सलाई दुईतर्फीबाट […]

लक्ष्मीनिया गाउँपालिकामा दुई प्रमुख प्रशासकीय अधिकृतको जुहारी

सामाजिक फीड-जनकपुरधाम, असोज १० गते । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा असोज ८ गते मंगलबार जितिया पर्वको अवसरमा सामुदायिक विद्यालय तथा अन्य सरकारी निकायहरूमा महिलाका लागि बिदा दिने सूचना प्रकाशित गरियो । असोज ७ गते सार्वजनिक यो सूचनामा प्रमुख प्रशासकीय अधिकृत सर्वजीत कुमार झाको हस्ताक्षर थियो । तर, भोलिपल्ट अर्थात् असोज ८ गते बिहान, अर्को प्रमुख प्रशासकीय […]