Samajik Feed – News Portal from Nepal

मधेशका निवर्तमान मुख्यमन्त्री यादवले जाँदाजाँदै गरेका थिए कर्मचारी सरुवा र नियुक्ति

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले सरकारको प्रशासनिक संरचनामा व्यापक चलखेल गरेको खुलेको छ।सर्वोच्चको परमादेश आइसकेपछि मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद्ले महत्त्वपूर्ण नियुक्ति तथा सरुवा गरेको सरकारी कागजातबाट देखिएको हो। यस क्रममा ११औं तहका सहसचिव सहित पाँचौँ तहका ३८ कर्मचारीको सरुवा गरिएको […]

मधेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले लिए पद तथा गोपनियताको सपथ

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। उनलाइ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाए। यादव मंसिर २४ गते विश्वासको मत लिने तयारीमा रहेका छन्। कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते ७ दलका ७७ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। उनलाई […]

मधेशका मुख्यमन्त्री यादव आगामी मंसिर २४ गते विश्वासको मत लिने

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन्। सत्तापक्षीय सातदलीय गठबन्धनको आज बसेको बैठकले विश्वासको मत आगामी मंसिर २४ गते प्रस्तुत गर्ने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले बताए। नेपाली कांग्रेसबाट मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका यादव आज नै पद तथा […]

प्रतिनिधिसभा निर्वाचन तर्फ आजदेखी समानुपातिक तर्फको निर्वाचन प्रक्रिया सुरु

सामाजिक फीडजनकपुरधाम, मंसिर २९ गते । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देखि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यदेखी सुरु हुँदैछ ।निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन कार्यक्रम अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंसिर २१ देखि २३ गतेसम्म निवेदन दिन सक्ने जानकारी दिए । उनले प्राप्त भएका निवेदन उपर अध्ययन गरी […]

मन्त्रीको लोभ गरेपछि बिच्छाको सांसद पद गुम्यो

सामाजिक फीडजनकपुरधाम, मंसिर १९ गते । राप्रपा नेपालकी प्रदेश मधेस प्रदेश सांसद कञ्चन विच्छालाई पदमुक्त गरिएको छ । उनलाई पदमुक्त गरेको सूचना आज मधेस प्रदेशसभा सचिवालयले प्रकाशन गरेको छ। संविधानको धारा १६८ को ३ बमोजिमको ठूलो दलको हैसियतमा नेकपा एमालेको सरकार बनेपछि बिच्छा पार्टीको नीति विपरीत प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री बनेकी थिइन् । उनलाई […]

मधेसको नयाँ मुख्यमन्त्रीका लागि आज दावी पेश गरिने, सात दल सहमति नजिक

सामाजिक फीडजनकपुरधाम, मंसिर १९ गते । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि सात दल सहमतिनजिक पुगेको छ । मधेसको मुख्यमन्त्रीमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको दाबी कायम रहँदा पनि सात दलले आफूहरू सहमतिनजिक पुगेको जनाएको हो । जनता समाजवादी पार्टी ९जसपा० नेपालका प्रमुख सचेतक रामआशिष यादवले मुख्यमन्त्रीमा कांग्रेसका दलका नेता कृष्णप्रसाद यादव र […]

मधेशमा सरकारको दावी पेश गर्न सातलीय गठबन्धनको बैठक जारी

सामाजिक फीडजनकपुरधाम, मंसिर १८ गते । मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि सातदलीय गठबन्धनको बैठक जारी छ । नेकपा एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजिनामा दिएपछि प्रदेश प्रमुख कार्यालयले संविधानको धारा १६८९२० बमोजिम शुक्रबार साँझ ५ बजेसम्म दुई वा दुईभन्दा बढी दलको समर्थन सहित मुख्यमन्त्रीको दाबीसहित प्रस्तुत हुन आह्वान गरेको छ […]

मधेशका मुख्यमन्त्री यादवद्वारा सदनमै राजिनमा घोषणा

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले सदनमै राजिनमा घोषणा गरेका छन् । विश्वासको मत लिन आज दिउँसो २ बजे डाकिएको बैठकमा मुख्यमन्त्री यादवले राजिनामा दिएका हुन् । ‘आजकै मितिबाट राजिनामा दिन्छु । र प्रदेश प्रमुखको कार्यालयमा गएर राजिनमा बुझाउँछु’ उनले सदनमा घोषणा गरे ।मुख्यमन्त्री यादव विश्वासको मतको लागि आफ्ना मन्तव्यसहितको प्रस्ताव […]

मधेशमा जसपा र कांग्रेसबीच डिल, जितेन्द्र सोनल मुख्यमन्त्री नबन्ने

सामाजिक फीड-जनकपुरधाम, मंसिर १७ गते । नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत लिन नसक्ने देखिएपछि एमाले विरुद्ध एक भएका सात दलीय गठबन्धनभित्रै नयाँ मुख्यमन्त्री कसलाई बनाउने विषयमा रस्साकस्सी सुरु भएको छ । सर्वोच्च अदालतको परमादेशपछि आज दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठकमा मधेसका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत […]

सर्वोच्चको परमादेशप्रति अध्यक्ष ओलीको असन्तुष्टि, आदेश संविधानविपरीत भएको दाबी

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्च अदालतले दिएको परमादेशप्रति असन्तुष्टि जनाएका छन्। एमाले वन तथा वातावरण विभागले मंगलबार च्यासलमा आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु परिवर्तन स्रोत पुस्तिका’ विमोचन कार्यक्रममा बोल्दै ओलीले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवविरुद्ध दायर रिटमा सर्वोच्चले […]