एमाले फागुन २१ को चुनावमा भाग लिन्छः केपी शर्मा ओली

सामाजिक फीड-जनकपुरधाम, मंसिर ९ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने बताएका छन्। अध्यक्ष ओलीले नागरिकका प्रधान सम्पादक गुणराज लुइँटेलसँगको कुराकानीमा प्रतिनिधिसभा पुनर्स्थापनको मुद्दासँगै चुनावी तयारी गरिरहेको बताएका हुन्। ओलीसँगको उक्त अन्तर्वार्ताको समाचार नागरिकले प्रकाशन गरेको छ। प्रतिनिधिसभा चुनावका लागि आज एमालेले दल दर्ता गर्नेछ। […]
मधेश प्रदेशका विनाविभागीय मन्त्रीले पाए जिम्मेवारी

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय मन्त्रीको रुपमा रहेका मन्त्रीलाई जिम्मेवारी दिएका छन् । सोमबार उनको सिफारिसमा विना विभागीय मन्त्रीलाई मन्त्रालय तोकिएको हो । संविधानको धारा १६८ को ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएर गत २४ कात्तिक बिहान बर्दिबासको एक होटलमा शपथग्रहण गरेका मुख्यमन्त्री यादवले ३ जनालाई मन्त्रीमा नियुक्त गरेका […]
निर्वाचन आयोगमा दल दर्ताको संख्या १३२ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ८ गते । निर्वाचन आयोगमा दर्ता हुने दलको संखया १३२ पुगेको छ । हाम्रो पार्टी नेपालले दल दर्ताको प्रमाणपत्र लिएसँगै दलको संख्या १३२ पुगेको हो ।आयोगका अनुसार प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा भएयता मात्रै १३ वटा नयाँ दल दर्ता भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा भाग लिनका लागि दलहरूले निर्वाचन प्रयोजनका लागि समेत दल […]
सिमरामा जेनजी युवालाई कुटपिट गरेको आरोपमा स्थानीय अरविन्द साह पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । बाराको सिमरामा बुधबार भएको झडपका क्रममा जेनजी समूहका युवामाथि कुटपिट गरेको आरोपमा स्थानीय अरविन्द साह पक्राउ परेका छन्। जेनजी युवाहरूको किटानी जाहेरीपछि जीतपुर–सिमरा उपमहानगरपालिका-२ का ३८ वर्षीय साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए। बुधबारको घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ नगरी वार्ता नगर्ने जेनजी […]
राजीनामा दिएको करिब दुई सातापछि मुख्यमन्त्रीको निवास छाडे सोनल

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । मधेस प्रदेशका पूर्व मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनलले राजीनामा दिएको करिब दुई सातापछि मुख्यमन्त्रीको सरकारी निवास छाडेका छन्। मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादव सबैभन्दा ठूलो दलको हैसियतले नियुक्त भएपछि पनि पूर्व मुख्यमन्त्री सोनल सरकारी निवासमै बस्दै आएका थिए । सोनलले गत कार्तिक २२ गते राजीनामा दिएका थिए । […]
जबर्जस्ती करणी मुद्दाका प्रतिवादी मधेस प्रदेशका पूर्व प्रदेश प्रमुख अहिराजले दिएको निवेदनमाथि सुनुवाइ हुँदै

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । जबर्जस्ती करणीको अभियोगमा काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पुर्पक्षका लागि थुनामा रहेका मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजले दायर गरेको निवेदनमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। अहिराजले जिल्लाको थुनामा पठाउने आदेशलाई सदर गर्ने उच्च अदालत पाटनको फैसलाविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिम पुनरावलोकनका लागि सर्वोच्चमा निवेदन दिएका […]
सिमराको तनाव बीच प्रदर्शनकारीसँग वार्ता नगर्ने प्रशासनको निर्णय

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । बाराको सिमरामा तीन दिनदेखि जारी जेनजी युवाको प्रदर्शनका बीच स्थानीय प्रशासनले शुक्रबार वार्ताबाट पछि हटेको छ। बिहीबार जिल्ला प्रशासन कार्यालयले प्रदर्शनकारीलाई औपचारिक वार्ताका लागि आह्वान गरे पनि शुक्रबार प्रशासनले वार्ताको आवश्यकता नभएको जनाएको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार आन्दोलनरत पक्षका मुख्य मागहरू पूरा भइसकेकाले औपचारिक वार्ताको आवश्यकता […]
सभामुख र मुख्यमन्त्री चयनका लागि सर्वदलीय बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, मंसिर ४ गते l मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल पदमुक्त भएपछि नयाँ नेतृत्व चयनको विषयमा राजनीतिक गतिविधि बढेको छ। बुधबार दुई तिहाइ बहुमतले मण्डललाई पदमुक्त गरेपछि बिहीबार सर्वदलीय बैठक बस्ने तय भएको छ। जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक रामअशिष यादवका अनुसार आजको बैठकको मुख्य एजेन्डा नयाँ सभामुख चयन र मुख्यमन्त्रीको […]
मधेशका सभामुख मण्डल पदमुक्त

सामाजिक फीड-जनकपुरधाम, मंसिर ३ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । पदअनुकूल आचरण नगरेको आरोपमा दर्ता भएको प्रस्ताव बुधबारको प्रदेशसभा बैठकले दुई तिहाइ बहुमतले पारित गरेपछि मण्डल स्वतः पदमुक्त भएका हुन् । उपसभामुख बबिताकुमारी राउत ईशरले प्रस्तावमा ७६ मत परेका र ७८ जना सांसद उपस्थिति रहेको जानकारी दिँदै मण्डल पदमुक्त भएको […]
सिमरा विमानस्थलमा जेनजी र प्रहरीबीच झडप, महेश बस्नेत विरुद्ध विरोध

सामाजिक फीड-जनकपुरधाम, ३ मंसिर गते । नेकपा एमाले नेता महेश बस्नेतको विरोधमा सिमरा विमानस्थलमा भेला भएका जेनजी समूहका युवाहरू र प्रहरीबीच झडप भएको छ। बस्नेत आज बारामा हुने मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुने कार्यक्रम रहेपछि युवाहरूले विरोध गरेका थिए। सिमरा विमानस्थल घेराबन्दी गर्न प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको र त्यही क्रममा दुबै […]