Samajik Feed – News Portal from Nepal

एकीकृत समाजवादीले झलनाथ र गरिमालाई दियो उपनिर्वाचनको जिम्मेवारी

समाजिक फीडजनकपुरधाम , वैशाख २ गते । नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि पुर्वप्रधानमन्त्री झलनाथ खनाल र गरिमा शाहलाई चुनावी जिम्मेवारी तोकेको छ ।   प्रतिनिधिसभा निर्वाचन इलाम-२ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र सुदूरपश्चिम प्रदेशको बझाङ १ मा प्रदेशसभा सदस्य निर्वाचनका लागि पार्टी सचिव गरिमा शाहलाई जिम्मेवारी तोकिएको हो। चुनावमा सम्बन्धित जिल्ला […]

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत पाएका छन् ।  मुख्यमन्त्री महराले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ४८ मत परेको थियो । त्यस्तै प्रस्तावको विपक्षमा १८ मत परेको थियो ।   ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, […]

राष्ट्रियसभाको रिक्त सदस्यमा एमालेकी अञ्जान शाक्यलाई सिफारिस

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । राष्ट्रियसभाको रिक्त एक सदस्यमा अञ्जान शाक्यलाई मनोनयनका लागि सिफारिस गरिएको छ । मन्त्रिपरिषद्‍को शुक्रबार बसेको बैठकले संखुवासभाकी शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । नेकपा एमालेको विदेश विभाग सचिवसमेत रहेकी शाक्य यसअघि इजरायलका लागि नेपाली राजदूत रहेकी थिइन् ।  samajik_feedsamajikfeed.com

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिदै

समाजिक फीडजनकपुरधाम , चैत्र ३० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज अपराहन्न १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ ।  महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका […]

राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइयो: लिङ्देन

सामाजिक फीड, काठमाडौँ, २८ चैत्र । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई छोराछोरी पाल्ने पेशा बनाइएको टिप्पणी गरेका छन् । बिहीवार काठमाडौंमा आयोजित ‘गंगादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने, ‘राजनीति लेखपढले मात्र हुँदैन, राजनीति अहिले पछिल्लो दिनमा एक प्रकारले विकृत जस्तो भएको […]

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेले लिइन् शपथ

काठमाडौँ , चैत २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले […]

कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् । यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको थियो । तर […]

कर्णालीका मुख्यमन्त्री कँडेलले लिए शपथ

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रदेश प्रमुख तिलक परियारले कँडेललाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् । एमाले नेता कँडेल नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा मंगलबार नियुक्त भएका हुन् ।  samajik_feedsamajikfeed.com

विद्यालयका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध मुद्धा दायर

समाजिक फीडजनकपुरधाम , चैत्र २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालिन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७ हजार २७७ अनियमितता गरेको आरोप लगाएको छ । साथै विद्यालयको खर्च पारदर्शी […]

पुडासैनीलाई राष्ट्रियसभाको उपाध्यक्ष बनाउने प्रस्ताव अस्वीकृत

काठमाडौँ, २८ चैत्र । राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५५ सांसदले भाग लिएका थिए । samajik_feedsamajikfeed.com