सभामुख रामचन्द्र मण्डलमाथिको प्रस्ताव आज १ बजे प्रदेशसभा बैठक बस्दै

सामाजिक फीड-जनकपुरधाम, ३ मंसिर गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल विरुद्ध दर्ता भएको प्रस्तावमाथी छलफलका लागि आज प्रदेशसभा बैठक बोलाइएको छ । पद अनुकुल आचरण नगरेको भन्दै दर्ता भएको प्रस्तावमाथि छलफल गर्न आज दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार बैठकमा सहभागिताका लागि प्रदेश सभा सचिवालयले सामाजिक सञ्जालको ग्रुपमार्फत […]
मधेस प्रदेशसभाको बैठक आह्वान गर्न ७ दलको माग

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । मधेस प्रदेशसभा बैठक आह्वान गर्न सात दलले माग गर्दै उपसभामुख बबिता राउत ईशरलाई पत्र बुझाएका छन् । सभामुख रामचन्द्र मण्डलविरुद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव दर्ता रहेको समय ७ दलका प्रदेशसभा सदस्यहरू उपसभामुखलाई भेटेर बैठक आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूको तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता […]
दुर्गा प्रसाईं पक्राउ, काठमाडौंमा सुरक्षा बल सतर्क

सामाजिक फीड-जनकपुरधाम, मंसिर २ गते । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेपछि प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरेको छ। प्रसाईंका समर्थकहरूले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्न सक्ने सूचना पाएपछि राति नै मातहतका सबै युनिटलाई सतर्क रहन निर्देशन गरिएको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले बताए। […]
मधेश मुख्यमन्त्री नियुक्ति विवाद: रिटमाथि आज सर्वोच्चमा सुनुवाइ

सामाजिक फीडजनकपुरधाम, कार्तिक ३० गते । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति तथा शपथविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्ने भएको छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त रिटमाथि सुनुवाइ तोकिएको हो। आइतबार अन्तरिम आदेशसम्बन्धी छलफल केन्द्रित रहनेछ। हालैका दिनमा राजनीतिक रूपमा अस्थिर देखिएको मधेश सरकारले सबैभन्दा ठूलो दल नेकपा एमालेका […]
मधेशमा सातदलीय गठबन्धनका सांसदहरु आज पनि धर्नामा

सामाजिक फीडजनकपुरधाम, कार्तिक ३० गते । मुख्यमन्त्री नियुक्ति विवादलाई लिएर सात दलीय गठबन्धनका सांसद आज पनि धर्ना बसेका छन् । मधेश भवन अगाडि बाटो छेकेर नेपाली काँग्रेससहित सात दलका सांसदहरु धर्नामा बसेका हुन् ।शनिबार उनीहरु सभामुख रामन्चद्र मण्डलको कारबाहीको माग गर्दै प्रदेशसभाको चौरमा खुल्ला प्रदेशसभा बैठक बसेका थिए । गत कार्तिक २४ गते प्रदेश प्रमुख […]
सभामुखले पदमुक्त गरेका सांसदले मागे विगत एक वर्षका हाजिरीका नक्कल

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । मधेशमा सभामुखले पदमुक्त गरेका सांसदले संसदमा उपस्थित भएको हाजिरी लगायतको कागजातमाग गरेका छन् । जसपा नेपालका प्रदेश सांसद सञ्जयकुमार यादव र नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सांसद उर्मिला सिंहले संसदमा हाजरी भएको विगत एक वर्ष यताको हाजिरीको नक्कलसहितको कागजात मागेका हुन् । प्रदेश सभा सचिवालयका सचिवलाई सम्बोधन गरेर मागिएको सूचनामा […]
राप्रपाद्वारा मन्त्री कञ्चन विच्छा साहलाई सांसदसहित पार्टीबाट हटाउने सिफारिस

सामाजिक फीडजनकपुरधाम, कार्तिक २८ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अनुशासन समितिले मधेस प्रदेश सरकारकी मन्त्री कञ्चन विच्छा साहलाई कड़ा कारबाही सिफारिस गरेको छ। समितिले उनलाई सांसद र पार्टीको साधारण सदस्यता दुवैबाट हटाउन पार्टी नेतृत्व समक्ष प्रस्ताव पेश गरेको हो। पार्टीलाई जानकारी नदिई एमाले नेतृत्वको मधेस सरकारमा मन्त्री बनेको र अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारबाट फिर्ता […]
मधेशका सभामुख मण्डलको पद धरापमा, सात दलद्वारा महाअभियोग दर्ता

सामाजिक फीडजनकपुरधाम, कार्तिक २७ गते । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको छ । मधेशका काँग्रेससहितका सात दलीय गठबन्धनका ६४ सांसदको हस्ताक्षरमा सभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता भएको हो । सभामुखले पद अनुकुल आचरण नगरेको प्रस्ताव उपसभामुख बबिता राउत इशरको तोकमा कर्मचारीले दर्ता गरेका हुन् ।नेपालको संविधान, २०७२ र प्रदेश सभा कार्य संचालन […]
नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले गरे पदभार ग्रहण
सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । मधेशका नवनियुक्त प्रदेश प्रमुख डा.सुरेन्द्र लाभले आज पदभार ग्रहण गरेका छन् । काठमाडौंबाट जनकपुरधाम आएका उनलाई विमानस्थलमा र प्रदेश प्रमुख कार्यालयमा भव्य स्वागत गरिएको छ । प्रदेश प्रमुख कार्यालयमा पदभार ग्रहण गर्न पुगेका लाभलाई रातोकार्पेटमा स्वागत गरिएको छ । गत सोमबार प्रध्यापक डा। लाभलाई संघीय सकरारको सिफारिसमा राष्ट्रपति रामचन्द्र […]
निर्वाचन आयोगद्वारा दलहरूसँग आचारसंहिता र तयारीबारे छलफल सुरु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २७ गते । निर्वाचन आयोगले आगामी निर्वाचन तयारी र आचारसंहिताबारे राजनीतिक दलहरूसँग औपचारिक छलफल सुरु गरेको छ। आयोगको केन्द्रीय कार्यालयमै आजदेखि सुरु भएको उक्त छलफल फागुन २१ गते हुने निर्वाचनका तयारीलाई केन्द्रित छ। छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपा, रास्वपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, तमलोपा लगायतका […]