Samajik Feed – News Portal from Nepal

मधेसका पुर्व मुख्यमन्त्री सतिश सिंह र पुर्वमन्त्री भरत साहको जमानत जफत

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । मधेस प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर चुनाव लडेका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह र पुर्वमन्त्री भरत प्रसाद साहको जमानत जफत भएको छ । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा स्वाभिमान पार्टी गठन गरेर उम्मेदवार बनेका सिंह र महोत्तरी(४ बाट नेपाली कमयुनिष्ट पार्टी (नेकपा) का उम्मेदवार साहको जमानत जफत भएको हो […]

राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्यहरुको सपथ आज

सामाजिक फीड-जनकपुरधाम, फागुन २५ गते । राष्ट्रिय सभा सदस्यमा निर्वाचित सदस्यहरूको शपथ आज हुँदैछ ।संसद् सचिवालयका अनुसार नवनिर्वाचित सदस्यहरुको आज दिउँसो २ बजेका लागि पद तथा सपथ ग्रहणको समय तय गरिएको छ ।सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा शपथ ग्रहण हुनेछ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउनेछन् ।गत […]

प्रदेश सभामा कालोमोसो दलेका रहबर अन्सारी अब प्रतिनिधि सभामा

जनकपुरधाम, फाल्गुन २४ गते l निर्वाचन परिणामअनुसार अन्सारीले ४१ हजार २०० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ (किसान) ले ११ हजार ६३९ मत प्राप्त गरेका छन्। अन्सारीले उनलाई २९ हजार ५६१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। अन्सारी पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका -१४ बहुअरी निवासी हुन्। उनी समाजसेवी तथा उद्योगी […]

सप्तरी २ मा रामजी यादव निर्वाचित, सीके राउत तेस्रो स्थानमा

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रामजी यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेश कुमार यादव रहेका छन् । उमेशले १४ हजार २६३ मत प्राप्त गरेका […]

‘खल्ती’ देखि संसद सम्म

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बारा क्षेत्र नम्बर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अरविन्द साह विजयी भएका छन्। उनले ४० हजार ६९७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गरेका छन्। साहले मन्सुरलाई ३० हजार ६४५ मतान्तरले पराजित गरेका हुन्। उहाँको […]

निर्वाचित भएपनि रवि लामिछाने संसदमा शपथ लिन नपाउने!

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए तापनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तत्काल संसदीय काममा सहभागी हुन सक्ने स्थिति छैनन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले सांसद पदमा सक्रिय हुन नपाउने कानुनी अवस्था बनेको हो। चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित […]

जेनजी आन्दोलनको प्रतिवेदन बुझाउन जाँचबुझ आयोगको टोली प्रधानमन्त्री कार्यालयमा

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । जेनजी आन्दोलन सम्बन्धी प्रतिवेदन बुझाउन जाँचबुझ आयोगको टोली प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको छ । आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोली प्रधानमन्त्री सुशीला कार्कीलाई आज प्रतिवेदन बुझाउन पुगेका हुन् ।प्रधानमन्त्री कार्कीलाई आयोगका कर्मचारीले प्रतिवेदन र कागजातहरु बुझाएपछि पत्रकार सम्मेलन गर्ने जनाइएको छ । […]

सप्तरी-३ मा उपेन्द्र यादव पराजित, रास्वपाका अमरकान्त चौधरी विजयी

सामाजिक फीड-जनकपुरधाम, फागुन २४ गते । सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पराजित भएका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरीले पराजित गरेका छन् । निर्वाचनको अन्तिम मतपरिणाम अनुसार चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् । चौधरीले यादवलाई १७ हजार ६३६ मतान्तरले पराजित गरेका हुन्। […]

गगन र अमरेश उम्मेदवार रहेको सर्लाही ४ को सबै मतदानस्थल अतिसंवेदनशील

सामाजिक फीड-जनकपुरधाम, फागुन १४ गते । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ को सबै मतदानस्थल अतिसंवेदशील रहेको छ । जिल्लाको सुरक्षा समितिले जिल्लाका ३ सय १२ मतदानस्थलमध्ये १ सय ५८ वटालाई अतिसंवेदनशील र १ सय ३१ लाई संवेदनशीलमा वर्गिकरण गरेको छ । प्रधानमन्त्रीका भावी उम्मेदवार कांग्रेस सभापति गगनकुमार थापा, […]

निर्वाचन प्रचारप्रसारमा अवरोध पुर्‍याउनेविरुद्ध दुई लाख जरिवाना वा तीन वर्ष कैदको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, फागुन १३ गते । फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध पुर्‍याएमा दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ। निर्वाचन आयोग का अनुसार संघीय कानुन अनुसार कसैलाई निर्वाचन प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट रोक्ने उद्देश्यले अवरोध पुर्‍याउने, पुर्‍याउन लगाउने, थुनछेक गर्ने वा गराउने काम गरेमा दुई लाख रुपैयाँसम्म […]