Samajik Feed – News Portal from Nepal

नेपाली कांग्रेसको चुनावी दाबी र नेतृत्व योजना: विश्वप्रकाश शर्मा

सामाजिक फीड-जनकपुरधाम, फागुन ८ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनपछि कांग्रेस पहिलो ठूलो पार्टी बन्ने दाबी गरेका छन्। राँकेबजारमा इलाम र पाँचथरमा आयोजित चुनावी सभामा उनले देशलाई निकास दिन कांग्रेसले जिम्मेवार र पूर्ण नेतृत्व प्रदान गर्ने तयारीमा रहेको बताए। उनका अनुसार, पहिलो हुने दलले सरकारको नेतृत्व पाउने प्रस्ताव […]

राष्ट्रिय प्रजातन्त्र पार्टी मधेश केन्द्रित चुनावी अभियानमा

सामाजिक फीड-जनकपुरधाम, फागुन ७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेश केन्द्रित चुनावी अभियान थालेको छ । सप्तरीबाट राप्रपाले आमसभा आयोजना गरि अभियान सुरु गरेको हो । भारदहमा दिउँसो १ बजे हुने आमसभामा राप्रपाका शीर्ष नेताहरू उपस्थित हुनेछन् । फागुन ८ गते शुक्रबार महोत्तरी, सर्लाही, रौतहट र बारामा कोणसभा राखिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए […]

महोत्तरीका एमाले युवा नेता यादव रास्वपामा प्रवेश

सामाजिक फीड-जनकपुरधाम, फागुन ५ गते । नेकपा एमाले महोत्तरीका युवा नेता सरोज कुमार यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । दुई दिनअघि नेकपा एमालेको मधेस प्रदेश सदस्य पदबाट राजिनामा दिएका उनी मङ्गलबार जनकपुरधाममा एक कार्यक्रम बीच उनी रास्वपा प्रवेश गरेका हुन् । नेपाल उद्योग वाणिज्य तथा व्यवसायी महासंघ केन्द्रीय सचिव समेत रहेका […]

मुख्यमन्त्री यादवको योजना : जनकपुर-अयोध्या सिधा उडान सुरु गर्ने तयारी

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न भारतको अयोध्यास्थित राम मन्दिरसँग सिधा हवाई उडानमार्फत जोड्ने पहल भइरहेको बताएका छन्। मिथिला मध्यमा परिक्रमाको अवसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रदेश सरकारले जनकपुर–अयोध्या सम्बन्धलाई प्रगाढ बनाउने योजना अघि सारेको उल्लेख गरे। मुख्यमन्त्री यादवका अनुसार, यस पहलले […]

फागुन ४ देखि १८ गतेसम्म मात्रै चुनावी प्रचार गर्न पाइने

सामाजिक फीड-जनकपुरधाम, फागुन ४ गते । निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार तथा राजनीतिक दललाई फागुन ४ देखि १८ गतेसम्म मात्र चुनावी प्रचारप्रसार गर्न अनुमति दिएको जनाएको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै जुलुस, आमसभा, घरदैलो कार्यक्रम र सञ्चारमाध्यममार्फत गरिने प्रचार सोही अवधिभित्र सीमित रहने आयोगले स्पष्ट पारेको छ। आयोगका कार्यवाहक प्रमुख […]

निर्वाचनका लागि ७ सय पर्यवेक्षक परिचालन

सामाजिक फीड-जनकपुरधाम, फागुन १  गते  आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावमा निर्वाचन पर्यवेक्षण समिति नेपालले देशका ७७ वटै जिल्लामा ७ सय जना पर्यवेक्षक परिचालन गरेको छ।निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरिएको निर्वाचन पर्यवेक्षण समितिले जनाएको छ। स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन तथा विशिष्ट विज्ञ पर्यवेक्षकहरूको क्रमिक परिचालनको तयारी भइरहेको जनाइएको […]

फागुन ३ देखि १७ गतेसम्म देशभरका वडामा मतदाता शिक्षा स्वंसेवक परिचालन गरिने

सामाजिक फीड-जनकपुरधाम, माघ २८ गते । आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउन मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।निर्वाचन आयोगले मतदान प्रक्रियालाई सहज, सरल बनाउन, बदर हुने प्रतिशत घटाउनका लागि आगामी फागुन ३ गतेदेखि १७ गतेसम्म देशव्यापी रुपमा सो कार्यक्रम सञ्चालन गर्न लागेको हो। देशभरका ७५३ वटै […]

कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष प्रदीपकुमार यादवको निधन, शीर्ष नेताद्वारा श्रद्धाञ्जली

सामाजिक फीड-जनकपुरधाम, माघ २७ गते । मस्तिष्क घातबाट निधन भएको नेपाली कांग्रेस मधेश प्रदेशका कोषाध्यक्ष, हंसपुर नगरपालिकाका नगर प्रमुख तथा मधेश प्रदेश नगरपालिका संघका अध्यक्ष प्रदीप कुमार यादवप्रति नेपाली कांग्रेसका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । नेपाली कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहेका मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, कांग्रेस नेता विमलेन्द्र निधि, महेन्द्र यादव, […]

सही शक्तिलाई मत दिनुपर्छ : बरिस्ठ नेता श्रेष्ठ

सामाजिक फीड-जनकपुरधाम, माघ २५ गते । नेपाली कम्युनिस्ट पार्टी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश संकटको अवस्थामा रहेकाले सही शक्ति छान्न मतदातालाई आग्रह गरेका छन् । महोत्तरीको बर्दिबासमा आइतबार आयोजित पुनर्मिलन तथा पार्टी प्रवेश कार्यक्रममा उनले मतदाताले अवको फैसला सुशासन र विकासको पक्षमा हुनुपर्ने बताए । ‘अब फैसला सुशासन र विकासको पक्षमा हुनुपर्छ। कतिपय शक्ति […]

जनकपुरधाम नगरक्षेत्रबाट निर्वाचन आचारसंहिता विपरितको प्रचारप्रसार सामग्री हटाइयो

सामाजिक फीड-जनकपुरधाम, माघ २५  गते । जनकपुरधाम नगर क्षेत्रमा लगाइएको निर्वाचन आचारसंहिताविपरीतको प्रचारप्रसार सामाग्री हटाइएको छ । सार्वजनिक स्थानमा टाँसिएका पोस्टर, ब्यानर, स्टिकर तथा झण्डा हटाइएको हो । निर्वाचन कार्यालयमा उजुरी परेपछि सम्बन्धित राजनीतिक दल र उम्मेदवारलाई प्रचार सामग्री हटाउन आग्रह गरिएको भएतापनि त्यसलाई बेवास्ता गरेपछि शनिबार जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र अनुगमन गर्दै एक हजार ५ […]