Samajik Feed – News Portal from Nepal

बटेश्वर–१ मा भएको निःशुल्क आँखा शिविरबाट १३० बिरामी लाभान्वित

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १४ गते । धनुषाको बटेश्वर गाउँपालिका–१ स्वास्थ्यचौकीमा मंगलबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी अन्तर्गत रहेको जनकपुरको आँखा अस्पताल जनकपुरको आयोजना तथा फ्रेड होलोज फाउण्डेशनको सहयोग एवं स्वास्थ्यचोकीको समन्वयमा शिविर सम्पन्न भएको हो । शिविरमा एकसय ३० जना आँखाका बिरामीले चेकजाँच तथा उपचार गराएका छन् । जसमा […]

धनुषाको बटेश्वरमा महावीर झण्डा मेला प्रारम्भ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १४ गते । धनुषाको बटेश्वर गाउँपालिका २ धुमासन टोलमा मंगलबारदेखि महावीर झण्डा मेला प्रारम्भ भएको छ । मंगलबार बिहान कलससहितको शोभा यात्रा गर्दै श्री श्री १०८ श्री महावीर झण्डा ठड्याइएको मेला अध्यक्ष रामनाथ महतोले जानकारी दिए । झण्डा ठड्याएसंगै चारदीवसीय मेलाको विधिवत सुरु भएको हो । उनका अनुसार मेलामा मंगलवारदेखि नाचगानसहितका सांस्कृतिक […]

बाराका प्रिन्सीपल हत्या प्रकरणमा पूर्व शिक्षिकासहित ६ जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १४ गते । बाराको कलैयास्थित बाल एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजना भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ । ६ हत्यामा संलग्न हुन सक्ने आशंकामा अनुसन्धानका लागि ६ जनालाई पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए । पक्राउ पर्ने एकजना महिला उनकै […]

हमासको आक्रमणमा इजरायलमा मारिएका धनुषाका आनन्द साहको शव पहिचान

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । हमासको आक्रमणमा दक्षिणी इजरायलमा मारिएका धनुषाका आनन्दसाहसहित दुई नेपालीको शव पहिचान भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका ६ सपहीका आनन्द साह र मधुवन–१ सुनसरीका राजेशकुमार स्वर्णकारको शव पहिचान भएको हो । दुबैजनाको शव पहिचान हुन हुन बाँकी थियो । दुबैको शव पहिचान भएको तेल अबिबस्थित नेपाली दूताबासले जनाएको छ […]

महोत्तरीबाट श्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १३ गते । महोत्तरीको सदरमुकाम जलेश्वरबाट श्रोत नखुलेको १३ लाख २० हजार रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहारको सितामढी गाढ़ा बेला पंचायत बस्ने ४० वर्षीय अरुण पंजियार रहेको प्रहरीले जनाएको छ । महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप गिरीका अनुसार उनलाई आइतबार दिउँसो जलेश्वर नगरपालिका वडा नं. […]

भारतमा दुईवटा रेल आपसमा ठोक्किँदा ९ जनाको मृत्यु

एजेन्सी-जनकपुरधाम, कार्तिक १३ गते । भारतको आन्ध्र प्रदेशमा दुईवटा रेल आपसमा ठोक्किँदा ९ जनाको मृत्यु भएको छ। घटनामा अन्य २९ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । विशाखापट्टनम(पलासा र विशाखापट्टनम(रायगडा चल्ने दुई रेल आपसमा ठक्कर खाँदा दुर्घटना भएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ। आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले रेल दुर्घटनाका मृतक […]

जनकपुरको धान खेतमा मृत फेला परेका युवकको आफ्नै साथीबाट हत्या भएको खुलासा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवान र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने फुलगेन महराका २४ वर्षीय छोरा रुपेश महराको साथीबाटै हत्या भएको खुलेको हो । हत्या अभियोगमा पक्राउ पर्नेमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी […]

मधेश अध्ययन यात्रामा निस्किए चार युवा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । मधेशका युवाहरूको एक समूह मधेश अध्ययन यात्रामा निस्किएका छन् । मधेशका विषयमा गहन अध्ययन गर्न उनीहरू यात्रामा निस्किएका हुन् । सिरहाको लहानस्थित सहिद रमेश चोकबाट निस्किएका उनीहरू आज बेलुकी वीरगञ्ज पुग्नेछन् । त्यहाँबाट भोलि सोमबारदेखि हुलाकी सडक हुँदै १८ गतेसम्म उनीहरू सप्तरी पुग्नेछन् । मधेश अध्ययन यात्रा अन्तर्गत पहिलो […]

भ्रमणका लागि संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस नेपाल आइपुगे

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । नेपालको चारदिने औपचारिक भ्रमणका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस गए राति काठमाडौं आइपुगेका छन् ।आज उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दैछन्। राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री प्रचण्डसँग सिंहदरबारमा उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आजै […]

मुन्नी मिश्रि भलिबलको उपाधि धनुषाको कटरैतले जित्यो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ११ गते । महोतरीको कान्तिबजारमा सम्पन दोश्रो ‘स्व. मुन्नी मिश्रि स्मृती पुरुष भलिबल प्रतियोगिता २०८०’ को उपाधि कटरैत भलिव क्लब धनुषाले जितेको छ । शनिबार भएको फाइनल खेलमा जनज्योति युवा क्लब गोरहन्नालाई वेष्ट ५ सेटमा २–३ सेट अन्तरले पराजित गर्दै कटरैत भलिव क्लब धनुषाले उपाधि जितेको हो । सामुदायिक विकास युवा क्लब […]