Samajik Feed – News Portal from Nepal

जनकपुर-ढल्केवर सडक खण्डमा एक अपरिचित युवकको शव फेला

सामाजिक फीड-जनकपुरधाम, साउन ३२ गते । जनकपुर- ढल्केवर सडक खण्डमा एक युवक मृत फेला परेका छन् । धनुषाको मिथिला नगरपालिका २ विशालबजार स्थित सडकमा अन्दाजी २२ वर्षीय अपरिचित युवकको शव फेला परेको हो । आज बिहान गाडीले ठक्कर लागेर टाउको फुटेर मृत्यु भएको जस्तो देखिने अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि […]

मधेश प्रदेश लोकसेवा आयोगद्वा निजामती नवौँ र एघारौँ तहका लागि आवदेन आह्वान

सामाकिज फीड-जनकपुरधाम, साउन ३२ गते । मधेश प्रदेश लोकसेवा आयोगले निजामती सेवाका नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान गरेको छ । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत भदौ २५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएके छ । दोब्बर दस्तुर तिरेर भने असोज तीन गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा […]

महोत्तरीमा ट्याक्टरले किचिएर एक जनाको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, साउन ३१ गते । महोत्तरीमा ट्याक्टरले किचिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ४ का ३५ वर्षीय कृष्णकुमार मिश्र छन् । बुधबार ज १ त ८१५३ नम्बरको ट्याक्टरबाट खेत जोतिरहेको बेला ट्याक्टर पल्टिदा उनको किचिएर मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । स्थानीयले उद्धार गर्ने […]

५ लाख घुससहित विष्णुपुर गाँउपालिकाका दुईजना कर्मचारी पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन ३१ गते । सप्तरीको विष्णुपुर गाँउपालिकाका दुईजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोयगले पाँच लाख घुससहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाँउपालिकाका कम्प्युटरअपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादव रहेका छन् । वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखनापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेको जनाएको छ । […]

धनुषाका सिडिओ काशीराज दहालको सरुवा, चक्रपाणि पाण्डे आउँदै

सामाजिक फीड-जनकपुरधाम, साउन ३० गते । धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को सरुवा भएको छ । उनीसहित सप्तरी, चितवन र नुवाकोटका प्रमुख जिल्ला अधिकारीको पनि गृहमन्त्रालयले सरुवा गरेको हो । धनुषाका सिडिओ काशीराज दहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरेको छ । उनको ठाउँमा अब धनुषाको सिडिओमा कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई पठाएको छ […]

कक्षा १२ को रिजल्ट सार्वजनिक

सामाजिक फीडजनकपुरधाम, साउन ३० गते । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा मंगलबार अपरान्ह सार्वजनिक भएको हो। नतिजा भने केहीबेरमा अपलोड हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब […]

युवाहरुले हटाए जानकी मन्दिर परिसरमा लगाइएको गैर धार्मिक पोस्टर

सामाजिक फीड-जनकपुरधाम, साउन ३० गते । जानकी मन्दिर परिसर भित्र लगाइएको विभिन्न प्रचारप्रसारको पोस्टर युवाहरुले हटाएका छन् । मन्दिर परिसर भित्र लगाइएको गैर धार्मिक प्रचारप्रसार पोस्टर (मुख्यमंत्री एवं हीरो मोटरसाइकिल)को युवाहरुले हटाएका हुन् । मासका संयोजक सरोज मिश्रको नेतृत्वमा उक्त पोस्टरहरु हटाइएको हो । पटक पटक सरोकारबाला लगायत मुख्यमंत्री, सिडियो, मेयरसाहब एवं महन्थको ध्यानाकृष्ट गराउंदा […]

प्रादेशिक अस्पताल जनकपुरमा खाना नलीको ईण्डोस्कोपी विधिबाट अपरेसन सुरु

सामाजिक फीड-जनकपुरधाम, साउन २९ गते । प्रादेशिक अस्पताल जनकपुरमा खाना नलीको ईण्डो स्कोपीविधिबाट शल्यक्रिया सुरु भएको छ ।खाना नली सुन्निएर बान्ता वा खकारबाट रगत आउने (ईसोफेजियल भेरिसेज)का एक बिरामीलाई प्रादेशिक अस्पतालको मोडुलर ओटीमा पहिलोपटक शल्यक्रिया गरिएको हो । चिकित्सकका अनुसार यस्तो शल्यक्रियालाई भेरिसियल ब्यानडिङ भनिन्छ । वरिष्ट फिजिसियन एवं पेट, कलेजो तथा मधुमेह रोग विशेषज्ञ […]

जनमत संघीय सरकारमा सहभागी, अनिता बनिन् सामान्य प्रशासन मन्त्री

सामाजिक फीड-जनकपुरधाम, साउन २९ गते । जनमत पार्टी संघीय सरकारमा सहभागी भएको छ । जनमत पार्टीबाट सांसद अनिता देवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आज पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, […]

सप्तरी नदीमा ३४ वर्ष यताकै उच्च बाढी, ५६ वटै ढोका खोलियो

सामाजिक फीड-जनकपुरधाम, साउन २९ गते । सप्तरी र सुनसरीको सीमा भएर बग्ने सप्तकोशी नदीमा उच्च बाढी आएको छ । यो बाढी ३४ वर्षपछिकै उच्च मापन गरिएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी […]