मतदाता नामावली संकलनमा चाप बढेपछि प्रधानमन्त्रीले ५ दिन म्याद थप गर्न आग्रह गरिन्।

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २८ गते l प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली संकलनमा देखिएको बढ्दो उत्साह र भीडलाई मध्यनजर गर्दै निर्वाचन आयोगलाई म्याद थप गर्न अनुरोध गरेकी छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम्रसाद भण्डारीसँग टेलिफोनमा भएको कुराकानीका क्रममा प्रधानमन्त्रीले नाम दर्ता प्रक्रिया सहज बनाउन पाँच दिन म्याद बढाउन आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आयोग यस […]
यातायात व्यवस्था विभागको डेटा सेन्टर फेरि बिग्रियो, नयाँ लाइसेन्स आवेदन पुनः बन्द

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २८ गते l यातायात व्यवस्था विभागको डेटा सेन्टरमा पुनः समस्या देखिएपछि नयाँ चालक अनुमतिपत्र का लागि आवेदन दिने सेवा फेरि बन्द गरिएको छ। १६ कात्तिकदेखि आंशिक रूपमा खुलेको नयाँ लाइसेन्स आवेदन प्रणाली आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि रोकिएको विभागले जनाएको छ। गत २३ र २४ भदौमा भएको आन्दोलनका कारण विभागको संरचनामा […]
धादिङमा आलु र प्याज बोकेको ट्रक खोलामा खस्यो, दुई जना घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २३ गते l भैरहवाबाट आलु र प्याज लिएर काठमाडौंतर्फ आउँदै गरेको एक ट्रक धादिङको कमेरे भिर भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको छ। पृथ्वी राजमार्गअन्तर्गत आज बिहान करिब ३ बजेर ४५ मिनेटमा ट्रक अनियन्त्रित भई महेश खोलामा खसेको हो। दुर्घटनामा ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-१७ का ३३ वर्षीय अझय सुनार र रामेछाप सुनापती गाउँपालिका-४ […]
भन्सार छली गरी रुपन्देही ल्याइएका ३१ थान आइफोन प्रहरीले नियन्त्रणमा लिएको छ।

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २१ गते l इलाका प्रहरी कार्यालय बुटवलले तिलोत्तमा नगरपालिका-१५ सखुवानीस्थित सिद्धार्थ राजमार्गको सर्भिस लेनबाट अवैध रूपमा ल्याइएका मोबाइल फोनहरू बरामद गरेको छ। प्रहरीका अनुसार, प्रहरी टोली देखेपछि मोबाइल बोकेका व्यक्तिहरूले सडकमा झोला फ्याँकेर भागेका थिए। त्यसपछि प्रहरीले सो झोलाबाट विभिन्न ब्रान्डका मोबाइल फोनहरू बरामद गरेको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी […]
नबिल बैंकको नाफा तीन महिनामा १ अर्ब ७५ करोड

सामाजिक फीड-जनकपुरधाम, कार्तिक २० गते l नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.५७ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको थियो। […]
सेयर बजारमा गिरावट, नेप्से २५९५ विन्दुमा

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८ गते l साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घट्दै २५९५.२४ विन्दुमा झरेको छ। अघिल्लो दिन सोमबार नेप्से ८.२४ अंकले घटेकोमा आज थप २७.६४ अंकले घटेको हो। नेप्से घटेसँगै बजारमा कारोबार रकम पनि कम भएको छ। सोमबार ६ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार ५ अर्ब […]
गोरखामा बेपत्ता दुई इटालियन आरोही मृत अवस्थामा फेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १८ गते l गोरखाको चुमनुब्री गाउँपालिका-१ अन्तर्गत पाङबारी हिमालमा पाँच दिनदेखि बेपत्ता रहेका दुई इटालियन आरोही मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार पाङबारी हिमालको पहिलो शिविरमा ५१ वर्षीय फारोनातो स्तेफानो र २८ वर्षीय कापुतो अलेस्सान्द्रोको शव हिउँमा पुरिएको अवस्थामा फेला […]
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते l अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार राति करिब १ बजे मजार–ए–शरीफ नजिक ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट कम्तीमा ८ जनाको मृत्यु र १८० जना घाइते भएका छन्। अधिकारीहरूले जनाएका अनुसार प्रभावित क्षेत्रमा खोज र उद्धार कार्य जारी रहेको छ। तालिबान सरकारका प्रवक्ता हाजी जैदका अनुसार बाल्ख […]
वीरगञ्ज नाकाबाट ३ महिनामै ८ अर्ब ७० करोडका सवारीसाधन भित्रिए

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १७ गते l चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै ८ अर्ब ७० करोड रुपैयाँ बराबरका विभिन्न प्रकारका सवारीसाधन आयात भएका छन्। वीरगञ्ज भन्सार कार्यालयका अनुसार सो अवधिमा सवारीसाधन आयातबाट ७ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरिएको छ। कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार अघिल्लो आवको तुलनामा यस […]
वीरगञ्ज भन्सारमा अनलाइन भन्सार डाटाबेस प्रणाली सुरु भयो

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १६ गते l सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रचलित सन्दर्भ मूल्यसूचीलाई विस्थापन गर्दै आधुनिक अनलाइन भन्सार डाटाबेस प्रणाली लागू गर्ने घोषणा गरेको थियो। यही योजनाअनुसार अर्थमन्त्री रामेश्वर खनालले शनिबार सो प्रणालीको अनलाइन माध्यमबाट शुभारम्भ गरे। उद्घाटन कार्यक्रममा मन्त्री खनालले अर्थतन्त्रको महत्वपूर्ण खम्बा निजी क्षेत्रलाई सुरक्षा र सुशासनको प्रत्याभूति दिँदै सहज […]