Samajik Feed – News Portal from Nepal

सर्लाहीमा भीषण आगलागी, करिब सय घर जले

सामाजिक फीड, सर्लाही, २० वैशाख । सर्लाहीको विष्णु गाउँपालिका–१ स्थित बाराउद्योरण गाउँमा भीषण आगलागी भएको छ । आगलागीमा हुँदा करिब ६५ घर जलेका छन् । बिहीबार दिउँसो स्थानीय शत्रुघन राउतको घरमा लागेको आगोपछि ग्याँस सिलिण्डर विस्फोट हुँदा गाउँका करिब ६५ घर पूर्ण रूपमा जलेको वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए । नगरप्रमुख जवाहरलाल यादवले बाराउद्योरण गाउँमा […]

भन्सार छलेर ल्याएको १ सय ६ वटा बोइलर कुखुरा नष्ट

सामाजिक फीडजनकपुरधाम, बैशाख २० गते । भन्सार छलेर अवैध रुपमा नेपाल ल्याएको भन्दै १ सय ६ वटा बोइलर कुखुरा जिल्ला प्रहरी कार्यालय रौतहटले नष्ट गरेको छ । साइकलमा लोड गरेर ल्याउँदै गरेको बोइलर कुखुरा बौधिमाई नगरपालिका९७ मा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिए । अवैध रुपमा भारतबाट नेपाल कुखुरा ल्याउँदै […]

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका-२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई प्रहरीले पक्राउ गरेको छ । धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  […]

सर्लाहीमा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरा गम्भीर घाइते

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथमा बिहीबार बिहान स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । यसैगरी दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् । बिहीबार बिहान १०ः३० बजे भएको दुर्घटनामा सागरनाथकै मीनबहादुर थापा मगरकी श्रीमती ४० वर्षीया देवीमाया थापा मगरको घटनास्थलमै मृत्यु भएको हो । देवीमायाले चलाएको […]

वेस्ट इन्डिज ए ले टस जित्यो, नेपालले बलिङ गर्दै

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते । नेपाल र वेस्ट इन्डिज ए बीचको सिरिजको चौथो खेल आज हुदै छ । टियु मैदानमा हुने यो खेलमा वेस्ट इन्डिज ए ले टस जितेको छ । वेस्ट इन्डिज ए का कप्तान रोस्टन चेजले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसंगै नेपालले पहिला बलिङ गर्ने भएको […]

काठमाडौँ आजपनि विश्वकै प्रदुषित शहर

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते । काठमाडौँ उपत्यकाको वायु प्रदूषण अहिले पनि अस्वस्थ रहेको छ । मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आजपनि काठमाडौँ उपत्यकाको वायुप्रदूषण तह बढेर विश्वमै सबैभन्दा बढी रहेको छ । विहिबार १७८ एक्यूआइसहित काठमाडौँ शिर्ष स्थानमा रहेको छ । […]

एक महिनामै आगलाडीबाट करिब ५३ करोडको क्षति

सामाजिक फीड जनकपुरधाम , बैशाख २० गते । लामो समयदेखि खडेरी र तापक्रम वृद्धिकाबीच मधेश सहित देशभरका अिधिकांस जिल्लामा आगलागी फैलिएको छ । गृह मन्त्रालयको विपद् पोर्टलको अभिलेख अनुसार गत चैत १८ देखि एक महिनामा ७४ जिल्लामा १ हजार ४ सय ११ वटा आगलागी तथा वन डढेलोका घटना भएका छन् । सबैभन्दा बढि लुम्बिनीमा ३९९, […]

सुनचाँदीको मूल्य बढ्यो, कति पुग्यो बजार भाउ ?

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य तोलामा २००० ले बढेर १ लाख ३६ हजार ५०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल […]

सन्दीप भन्छन्- ममाथि षड्यन्त्र भयो, यसमा संलग्नको नाम सार्बजनिक गर्छु

समाजिक फीड,जनकपुरधाम , वैशाख २० गते । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले  आफू षड्यन्त्रको शिकार भएको बताएका छन् । बुधबार टी- २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफुमाथि षड्यन्त्र भएको र यसमा भूमिका खेल्नेको नाम छिट्टै सार्बजनिक गर्ने बताएका छन् ।  उनले पहिलो पोष्टमा भनेका छन्-‘मैले लामो पोस्ट गर्नबाट […]

नेपाल वेस्ट इन्डिज ए सँग पराजित

सामाजिक फीड, काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग पराजित भएको छ । वेस्ट इन्डिज ए ले नेपाललाई ७६ रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको २२८ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो । नेपालका लागि लोकेश बमले २८, कुशल मल्लले २०, करण केसीले २८, बिनोद […]