Samajik Feed – News Portal from Nepal

क्याम्बोडियाका विपक्षी नेतालाई २७ वर्षको सजाय

१९ फाल्गुन, जनकपुरधाम। क्याम्बोडियाका सबैभन्दा मुख्य विपक्षी नेतालाई देशद्रोहको अभियोगमा २७ वर्ष घरमै नजरबन्दमा रहनु पर्ने सजाय सुनाइएको छ।हाल भङ्ग गरिएको क्याम्बोडियन न्याश्नल रेस्क्यू पार्टीका भूतपूर्व नेता केम सोखालाई निर्वाचनहरूमा खडा हुन र मतदान गर्न समेत प्रतिबन्ध लगाइएको छ। उनलाई प्रधानमन्त्री हुन सेनको सरकारलाई अपदस्थ गर्ने प्रयासमा विदेशी शक्तिहरूसँग मिलेर षडयन्त्र गरेको आरोप लगाइएको थियो। […]

मुआब्जा पीडितहरूले आन्दोलनको कार्यक्रम स्थगन गरेसँगै ११ दिनदेखि ठप्प भद्रपुर भन्सार कार्यालयको कामकाज बिहीबारदेखि सुचारु

१९ फाल्गुन, जनकपुरधाम। मुआब्जा पीडितहरूले आन्दोलनको कार्यक्रम स्थगन गरेसँगै ११ दिनदेखि ठप्प भद्रपुर भन्सार कार्यालयको कामकाज बिहीबारदेखि सुचारु भएको छ।गत फागुन ८ गतेदेखि आन्दोलित उनीहरूले मुआब्जासहितको क्षतिपूर्ति रकम सरकारले तत्काल उपलब्ध नगराएसम्म आन्दोलन कार्यक्रमलाई निरन्तरता दिँदै भन्दै भन्सारको मूल ढोकामै धर्ना दिएर बसेका थिए।देशको राजनीतिक अस्थिरताको कारण सरकार विस्तार प्रक्रियामा केही समस्या देखिएको भन्दै मुआब्जा […]

सहकारीमा अनियमितता गरेको आरोपमा चारजना जेल

१८ फाल्गुन, जनकपुरधाम। सर्लाहीको मलंगवा नगरपालिका ८ मा रहेको सुबिधा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धकसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । सर्लाही जिल्ला अदालतको आदेशमा संस्थाका प्रबन्धक मलंगवा नगरपालिका ९ का दिपक लाल अमात्य, संस्थाका खजान्ची वडा नं. १० का निर्मल कुमार श्रेष्ठ, फिल्ड सहायक सर्लाहीकै बलरा नगरपालिका २ का कामेश्वर […]

प्रधानमन्त्री दाहालले राष्ट्रपतिको निर्वाचनपछि विश्वासको मत लिने भएका छन्।

१८ फाल्गुन, जनकपुरधाम। प्रतिनिधिसभाको आजको बैठक चैत ५ गतेसम्मका लागि स्थगित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको निर्वाचनपछि विश्वासको मत लिनुपर्ने बताए। फागुन २३ होली पर्वलाई ध्यानमा राख्दै सभामुख देवराज घिमिरे बहराइनमा आईपीयूको बैठकमा सहभागी हुने क्रमशः अध्यक्ष र उपराष्ट्रपतिको निर्वाचन फागुन २५ र चैत ३ गते हुने भएको छ। सभामुख घिमिरे फागुन २६ गते आइपीयूको […]

लिग टु मा सहभागी हुन् दुबई गए सन्दीप लामिछाने

१७ फागुन, जनकपुर। सर्वोच्च अदालतले विदेश जान अनुमति पाइसकेपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनि बुधबार दिउँसो ३ बजे आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् । उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानले […]

कारोबार रकमसँगै नेप्से घट्दै

१७ फागुन, जनकपुर। अहिले लगातार नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ। यो साताको सोमबारदेखि नेप्से ओंरालो लागेको साथै कारोबार रकम पनि दैनिक घटिरहेको छ। गत सोमबार नेप्से परिसूचक ३.६५ अंक घट्दा १ अर्ब ८९ करोडको शेयर कारोबार भएको थियो। त्यस्तै, मंगलबार नेप्से परिसूचक ३.८१ अंक घट्दा कारोबार रकम १ अर्ब ३८ करोडमा सीमित भएको […]

प्रदेश १ को नाम ´काेशी प्रदेश` को लागि प्रस्ताव दर्ता

१७ फाल्गुन, जनकपुरधाम। प्रदेश १ का प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ दल नेकपा एमालेले संयुक्त रूपमा प्रदेशको नाम ´काेशी प्रदेश` राख्नका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन्।काेशी प्रदेश नामकरणका लागि दर्ता गरिएकाे प्रस्तावमा एमालेका प्रदेश सांसद रामबहादुर मगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी र एमालेका निरन राई समर्थक रहेका छन् ।प्रदेश १ […]

ट्यांकर चोरी प्रकरणमा अरोपिलाई पुर्पक्षका लागि थुनामा पठाइयो

१७ फाल्गुन, जनकपुरधाम। सप्तरीमा ट्यांकरमा लोड रहेको डिजेल चोरीमा संलग्न भएको आरोपमा पक्राउ परेका एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ भने अन्य दुई जना धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। सोमबार जिल्ला अदालत सप्तरीले तेल चोरी प्रकरणका एक जना आरोपीलाई पुर्पक्षका लागि थुनामा पठाएको र चोरीको डिजेल किन्ने व्यक्ति […]

मधेश प्रदेशको कञ्चनवनमा होलिको उत्सव,

१५ गते फाल्गुन, जनकपुरधाम। पहाडी जिल्ला र तराईका जिल्लामा छुट्टाछुट्टै होली मनाइने चलन छ। तराई मधेस जिल्लामा होली वा फागुलाई ‘होरी’ भन्ने चलन छ।मधेसका पहाडी समुदायले पूर्णिमाका दिन होली मनाउँदै आएका छन् भने मधेसका मूल निवासी मधेसी समुदायले फागु कृष्ण प्रतिपदा पूर्णिमाका दिन होली मनाउने गरेका छन्। मिथिला क्षेत्रको जनकपुरधाममा माध्यमिक परिक्रमा सकेपछि भोलिपल्ट होली […]

नेकपा एमाले सरकारबाट बाहिरियो

१५ फागुन, जनकपुर। नेकपा एमाले वर्तमान सरकारबाट बाहिरिने भएको छ।सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। साथै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएकोछ। त्यस्तै आजै नेकपा एमालेबाट मन्त्री बनेका नेताहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । सोमबार अपरान्ह उपप्रधानमन्त्री विष्णु पौडेलसहित एमालेबाट मन्त्री बनेका नेताहरु बालुवाटार गई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई […]