Samajik Feed – News Portal from Nepal

वीरगञ्जमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा चार जना पक्राउ

सामाजिक फीड, वीरगंज, १९ । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एक भारतीय नागरिक सहित चार जनालाई हिजो साँझ पक्राउ गरेको छ । सोमबार विहान बीरगन्जको नबिल बैंक बाइपास शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको थियो । उक्त घटनाको छानबिनको क्रममा प्रहरीले १ भारतीय नागरिक सहित ४ जनालाई […]

मधेशमा अत्यधिक गर्मीको प्रकोप, सुक्न थाले खोला–नाला

सामाजिक फीड, बैशाख १९ रौतहट । राैतहटस्थित लाल वकैया नदीलगायत स-साना खाेला नाला सुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन् । करिब दुई महिना आगाडिदेखि लाल बकैया नदी सुकेका छन् । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेको थिय । त्यसपछि लागातार तापक्रम दैनिक बढोतरी हुँदै आएको छ । हिजो ( मंगलबार […]

मनिषा कोइरालाले भनिन्– ‘हो, एउटा असल जीवनसाथीको चाहना छ’

सामाजिक फीड, मुम्बई, १९ बैशाख । बलिउड अभिनेत्री मनिषा कोइराला लामो समयपछि पर्दामा कमब्याक गर्दैछिन् । सञ्जय लीला भन्सालीद्वारा निर्देशित उनको बहुप्रतिक्षित शृङ्खला ‘हिरामाण्डीः द डायमण्ड बजार’ आज ओटिटी प्लेटफर्ममा रिलिज भएको छ। यसअघि एक अन्तर्वार्तामा नायिकाले नेपाली व्यवसायी सम्राट दाहालसँग सम्बन्ध विच्छेद र क्यान्सर रोग लागेको लगायतका धेरै उतारचढावका बारेमा खुलेर कुरा गरेकी छिन् […]

अदालतको अवहेलना मुद्दामा ट्रम्प दोषी ठहर

सामाजिक फीड, काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । मंगलबार एक अमेरिकी अदालतले उनलाई अवहेलनाको अभियोगमा दोषी ठहर गरेको छ । बारम्बार ग्याग आदेश उल्लंघन गरेको भन्दै अदालतले उनलाई नौ हजार अमेरिकी डलर जरिवाना गरेको छ । ग्यागले उनलाई साक्षीहरू, न्यायाधीशहरू र गोप्य पैसा मुद्दासँग सम्बन्धित अन्य चीजहरूको बारेमा सार्वजनिक […]

वीरगन्जको नबिल बैंकबाट १ करोड ३४ लाख रकम चोरी

समाजिक फीड,जनकपुरधाम , वैशाख १८ गते । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ।  बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार राति १ करोड ३४ लाख ६५ हजार रुपैयाँ नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम […]

श्रोत नखुलेको नेपाली रकमसहित एक जना नियन्त्रणमा

समाजिक फीड,जनकपुरधाम , वैशाख १८ गते । पर्सा जिल्लाको बीरगंज महानगरपालिका–१६ भन्सार ईलाकाबाट बैशाख १७ गते श्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिईएको छ । बि।आर। ०५ एजेट ७५७४ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारत घर बताउने ४० बर्षिय पुरुषले सो रुपैयाँको श्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म […]

गाईको मासुसहित काभ्रेबाट तीन जना पक्राउ

काभ्रे, १८ बैशाख । धुलिखेल नगरपालिका-१२ ठूलीचौरस्थित ठुलीचौर जंगलमा गाईको हत्या गरी बोरामा मासु ल्याउँदै गरेको अवस्तामा तीन जना पक्राउ परेका छन्। गाईको हत्या गरी नमोबुद्ध ११ तर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी जिल्ला प्रहरी कार्यालयको टोलीले बोरामा पोको पारी राखेको मासुसहित तीन जनालाई नियन्त्रणमा लिएको हो। डिएसपी राजकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा नमोबुद्ध […]

काठमाडौँको लिवरटी कलेजका विद्यार्थी सवार गाडी मुस्ताङमा दुर्घटना, २१ जना घाइते

सामाजिक फीड, पोखरा, १८ बैशाख । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्। प्रदेश नं.३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अनामनगरको लिवरटी कलेजका ३३ जना विद्यार्थी लिएर गएको गाडी दुर्घटनामा […]

ओलीको अँगालोमा सुहाङ !

सामाजिक फीड, इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न ओली इलाम पुगेका हुन् । इलाम पुगेर अध्यक्ष ओलीले सुहाङलाई भेट्दै बधाई दिएका छन् । ओलीले अँगालोमा हालेर सुहाङलाई बधाई दिएका छन् । एमालेले आयोजना गर्ने विजयी सभालाई […]

वीरगंजबाट नक्कली नोटसहित दुई जना पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख १८ गते । वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षीया हलिमा खातुन रहेका छन् । […]