राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

समाजिक फीड,जनकपुरधाम , वैशाख २५ गते । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ । सोमबार काठमाडौंमा अध्यक्ष राईको अध्यक्षतामा बसेको जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी राख्ने […]
घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

समाजिक फीड,जनकपुरधाम , वैशाख २५ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव सुब्बालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ। जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ३० हजार रकम लिँदै गरेको अवस्थामा मालपोत कार्यालयका नायव सुब्बा नरहरी खनाललाई अख्तियारले नियन्त्रणमा लिएको हो। तौलिहवास्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाटै नियन्त्रणमा लिएको अख्तियारले […]
भारतमा आज तेस्रो चरणको मतदान हुँदै

सामाजिक फीड, काठमाडौँ । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ । यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ । यस चरणमा हाइप्रोफाइल नेताहरु गृहमन्त्री अमित शाह, नागरिक उडड्यनमन्त्री […]
उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

सामाजिक फीड, काठमाडौँ, २५ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टी विभाजन पछिको परिस्थितिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न उनी अहिले बालुवाटार पुगेका हुन् । उपप्रधानमन्त्री यादव विदेश भ्रमणमा रहेका बेला उहाँ नेतृत्वको जसपा आइतबार फुटेको थियो । भ्रमण […]
अशोक राई नेतृत्वको नयाँ दल ‘जसपा’ निर्वाचन आयोगमा दर्ता

सामाजिक फीड, काठमाडौँ, २४ वैशाख । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता दिएको छ । अशोक राईसहित ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य हस्ताक्षरसहित आयोगमा दल दर्ताको निवेदन दिएका थिए । आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएर राई नेतृत्वमा जनता समाजवादी पार्टीलाई दर्ता गरेको हो । आयोगले दल दर्ता सम्बन्धी […]
टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

समाजिक फीड,जनकपुरधाम , वैशाख २४ गते । पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा आतङ्ककारी हमला गर्ने धम्की दिएको छ । त्रिनिदाद र टोबागोका प्रधानमन्त्री किथ राउलीले आतंकवादी संगठनले वेस्ट इन्डिज लगायत धेरै देशहरूमा भिडियो सन्देश पठाएको बताएका हुन् । टी-२० विश्वकप जुन २ देखि जुन २९ सम्म वेस्ट इन्डिज र अमेरिकामा हुनेछ […]
जसपा नेपाल भन्यो– ‘बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिबद्ध छन्, विभाजनको अवस्था छैन’

सामाजिक फीड, काठमाडौँ । जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक विज्ञप्ति जारी गर्दै हाल जसपा नेपाल विभाजन भएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै अहिले दल विभाजनको अवस्था नरहेको बताएका छन् । उनले हाल संसदको अधिवेशन आव्हान भइसकेको र दल बिभाजन सम्बन्धि अध्यादेश खारेज रहेको अवस्थामा दल […]
हिरासत छल्न अस्पताल जाने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीनबुँदे निर्देशन

सामाजिक फीड, काठमाडौँ, २४ वैशाख । गृह मन्त्रालयले अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि त्यसमा केही कडाई गर्ने भएको छ । मन्त्रालयले सोमबार यसबारे तीनबुँदे निर्देशन जारी गरेको हो । निर्देशनअनुसार शारीरिक एवं मानसिक रूपमा अस्वस्थ भएको अवस्था, दीर्घरोगीहरू जस्तैः उच्च रक्तचाप, मधुमेहलगायत नियन्त्रण […]
जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

एजेन्सी। इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी नेटवर्कको कार्यालयमा छापा मारेको छ । छापा मार्दा प्रसारण उपकरणहरू जफत गरिएको बताइएको छ । इजरायलका सञ्चारमन्त्रीले सोशल मिडियामा पोष्ट गरेको भिडियोमा पुलिस अधिकारीहरू अल-जजीरा टिभी नेटवर्कको कार्यालयमा प्रवेश गरेको देखिन्छ । आइतवार, इजरायली सरकारको मन्त्रिपरिषद्ले अल-जजीरा टिभी नेटवर्कलाई देशको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको […]
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक

समाजिक फीड,जनकपुरधाम , वैशाख २४ गते । नेकपा एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा संसद अधिवेशन बारे छलफल हुने बताइएको भएपनि जसपा नेपाल विभाजित भएपछि विभाजनको भय एकीकृत समाजवादीमा पनि देखिएको मिडियामा समाचार आएपछि […]