Samajik Feed – News Portal from Nepal

छ महिनामा चार लाख नेपाली वैदेशिक रोजगारीमा

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि पुससम्म झन्डै चार लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन्। सो अवधिमा तीन लाख ९३ हजार ६७ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको विभागले जनाएको छ। मंसिर महिनाको तुलनामा पुसमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या घटेको छ। मंसिरमा ८४ हजार २२६ जनाले श्रम स्वीकृति […]

नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको ज्यान गयो

तस्बिर : एजेन्सी

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । नाइजेरियाको उत्तर मध्य नाइजर राज्यमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि भएको विस्फोटमा कम्तिमा ७७ जनाले ज्यान गुमाएका छन्। घटनामा उद्धारकर्तासहित २५ जना घाइते भएको जनाइएको छ। फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको थियो। ट्याङ्कर दुर्घटनापछि तेल […]

अमेरिकामा टिकटक बन्द

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । अमेरिकामा टिकटक प्रतिबन्ध लागू हुनु केही घण्टाअघि नै उक्त एप अफलाइन भएको छ। चिनियाँ भिडिओ सेयरिङ एप टिकटक प्रतिबन्ध लगाउने कानुन कार्यान्वयनमा आउनुअघि नै अमेरिकी प्रयोगकर्ताले एप प्रयोग गर्न नसकेको जनाइएको छ। टिकटक प्रयोग गर्न खोज्ने अमेरिकी प्रयोगकर्तालाई ‘अहिलेका लागि टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश देखिएको छ। प्रयोगकर्ताहरूले […]

मधेश प्रदेशले सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुट दिने

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । मधेश प्रदेश सरकारले सवारीसाधनको कर र जरिवानामा लाग्ने शुल्क शतप्रतिशत छुट दिने व्यवस्था गरेको छ। श्रम तथा यातायात मन्त्री कौशल किशोर रायले शनिबार मलंगवामा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएका हुन्। मन्त्री रायका अनुसार गत मंसिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित सो ऐनले सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुटको […]

उपभोक्ता समितिबाट काम गराउने निर्णयमा मधेश सरकारको संकल्प प्रस्ताव

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम। मधेश सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्य संशोधन गर्दै उपभोक्ता समितिबाट काम गराउने प्रक्रिया अघि बढाएको छ। सत्ता गठबन्धनभित्रका चार र विपक्षी दुई दलले संयुक्त रूपमा प्रदेशसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन्। गत पुस २९ गते सत्तारूढ नेकपा एमाले, नेपाली कांग्रेस, लोसपा, र सत्ता बाहिर रहेका एकीकृत समाजवादी तथा […]

जनकपुरधाम शहिदगेटमा सरसफाई: विद्यार्थी र युवाको सक्रियता

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम। जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी विद्यार्थी युनियन, नेपाल र समाजवादी युवा संघ, नेपालको संयुक्त आयोजनामा जनकपुरधाम-१४ स्थित शहिदगेटमा शहिदहरुको शालिकहरुको बृहत सरसफाई गरिएको छ। उक्त सरसफाई कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-१४ का अध्यक्ष पुण्यप्रसाद यादवको विशेष पहल र सहयोगमा सम्पन्न भएको हो। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका सम्पूर्ण सरसफाई कर्मचारी, […]

हराएकी युवती अभिभावकको जिम्मा लगाइयो

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम। धनुषा जिल्लाको जनकपुर उप-महानगरपालिका वडा नं. ०३ की २० वर्षीय खुशवु कुमारी मोहनकार हराएको सूचना प्राप्त भएपश्चात जिल्ला प्रहरी कार्यालय धनुषाले खोजीकार्य तीव्र पारेको थियो। खोजतलासको क्रममा माघ ४ गते खुशवु कुमारीलाई काठमाडौंस्थित एक स्थानबाट फेला पारिएको छ। प्रहरीले उनलाई सुरक्षित रूपमा जिल्ला प्रहरी कार्यालय धनुषा ल्याई अभिभावक अशोक […]

नेपालमा पहिलो पटक फ्रेन्चाइज कबड्डी: नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि शुरू

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम नेपालमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज कबड्डी, नेपाल कबड्डी लिग (एनकेएल) आजदेखि सुरू भएको छ। दशरथ रंगशालाको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा काठमाण्डौ माभरिक्स र पोखरा लेकर्सबीच बेलुकी साढे ६ बजे उद्घाटन खेल हुनेछ। प्रमुख खेलाडी र प्रशिक्षकहरूको सहभागिता काठमाण्डौ माभरिक्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टोलीका कप्तान घनश्याम रोकामगर हुन्। […]

डुबेर मृत्यु भएकी बालिकाको गाडिएको शव तीन दिनपछि भेटियो

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम सप्तरी जिल्लाको देउरी भरुवा टोलमा तीन दिन अघि डुबेर मृत्यु भएकी दुई वर्षीया बालिकाको गाडिएको शव बिहीबार भेटिएपछि सो क्षेत्र स्तब्ध भएको छ। शव भेटिएको खबर फैलिएपछि राजविराज नगरपालिका वडा नम्बर १५ को देउरी भरुवा टोल र आसपासका गाउँहरूबाट ठूलो संख्यामा मानिसहरू घटनास्थलमा भेला भएका थिए। प्रहरीका अनुसार तीन […]

मधेश प्रदेश सरकारले माघ ५ गते सातौँ बलिदानी दिवस मनाउने

सामाजिक फीड-माघ ४ गते – जनकपुरधाम मधेश प्रदेश सरकारले यो वर्ष पनि माघ ५ गते सातौँ बलिदानी दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाउने भएको छ। अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त शहीद परिवार, अंगभंग भएका तथा घाइतेहरुलाई आर्थिक सहयोग प्रदान गरेर दिवस मनाइने छ। अर्थमन्त्री सुनिल कुमार यादवले शहीद परिवार र घाइतेलाई आर्थिक सहयोग उपलब्ध गराउने […]