Samajik Feed – News Portal from Nepal

निर्वाचन आयोगले अनुमति बिनाको प्रचार प्रसार गर्नेलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।

३० असोज, जनकपुरधाम। निर्वाचन आयोगले अनुमति बिनाको प्रचार प्रसार गर्नेलाई रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ ।आचारसंहिता अनुगमन समितिको बैठकमा यसबारे प्रसंग उठेपछि आयोगको टोलीले मन्त्री र जनप्रतिनिधिलाई आचारसंहिता उल्लंघन हुने गरी कार्यक्रममा रोक लगाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएको हो । samajik_feedsamajikfeed.com

समानुपातिक मतपत्र हरेक जिल्लामा पुग्दै

३० असोज, जनकपुरधाम। यहि मङ्सिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगले समानुपातिकतर्फको मतपत्र हरेक जिल्लामा पुगी रहेको छ। निर्वाचन आयोगको अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको ४ करोड ६ लाख ५ हजार मतपत्रको छपाइ सम्पन्न भएको आयोगले जनाएको छ। सबै जिल्लामा मतपत्र ढुवानी हुदैँछ। प्रत्यक्षतर्फ पनि १७ लाख मतपत्र छपाइ भएको […]

सिरहाको नेता अरविन्द मण्डलले पाउनु भयो तरुण दलको जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी

३० असोज, जनकपुरधाम। हिजो २९ गते शनिबारका दिन नेपाली काँग्रेसको जिल्ला कार्य समितिको बैठक बसेको थियो। सिरहाकै तरुण दलमा रहेका अरविन्द मण्डललाई हिजो तरुण दलको जिल्ला कार्यवहाक सभापतिमा चयन गरियो। नेपाल तरुण दलको अध्यक्षले पद छोडी आर्को पार्टी प्रवेश गरेका हुन्। त्यस्पस्क्षात उनलाई निर्बिरोध उनलाई जिल्ला कार्यवाहक सभापतिको जिम्मेद्वारी दिईएको छ। सिरहाका नेपाली काँग्रेसका नेता […]

संस्कृतिविद् तथा इतिहासकार सत्यमोहन जोशीको निधन भएको छ।

३० असोज, जनकपुरधाम। सत्यमोहन जोशी नेपालका सबैभन्दा लामो समयसम्म बाँच्ने साहित्यकार थिए। जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।आइतबार बिहान ७ बजेर ९ मिनेटमा जोशीको निधन भएको केआईएसटी मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक सुरज बज्राचार्यले जानकारी दिए । जोशीले आफ्नो शव दान गरिसकेकाले उनको शव के गर्ने भन्ने परिवारले अहिलेसम्म निर्णय गर्न नसकेको […]

देशैभर डेंगुको आतंक ,सरकार निर्वाचनमा व्यस्त

३० असोज, जनकपुरधाम। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो वर्ष ४७ जनाको मृत्यु भएको छ भने ३८ हजारभन्दा बढीमा डेङ्गु भाइरसको सङ्क्रमण देखिएको छ जुन एक वर्षको रेकर्ड हो ।घटनाहरूलाई नजिकबाट ट्र्याक गर्नेहरूले शंका गर्छन् कि धेरै व्यक्तिहरू यस रोगको शिकार हुनसक्छन् किनकि सबै मृत्यु रिपोर्ट गरिएको छैन।स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले सयौं हजार मानिसहरूलाई भाइरस समातेको […]

हामीले मतभेदलाई अक्षुण्ण राख्दै एमालेसँग सामञ्जस्यपूर्ण चुनावी साझेदारीमा मात्रै सहमति जनाएका छौं ; जसपाका एक नेता

२८ असोज, जनकपुरधाम। गत हप्ता, जसपाले अचानक मोड लियो र एमालेसँग चुनावी गठबन्धन गर्न रोज्यो। विश्लेषकहरू भन्छन् कि जसपाले विशुद्ध रूपमा चुनावी फाइदाका लागि एमालेसँग गठबन्धन गरे तर पार्टीले आफ्नो प्रमुख राजनीतिक माग, संविधान संशोधनलाई त्यागेको देखिन्छ, यसले अपेक्षित फाइदा लिन नसकेको हुन सक्छ।तर, जेएसपी नेताहरूले संविधान संशोधनको मागलाई नत्यागेकोमा जोड दिएका छन्। हामीले मतभेदलाई […]

सिरहाको युवकको शव बिराटनगरमा फेला परेको छ।

२८ असोज, जनकपुरधाम। सिरहाको एउटा १८ वर्षीय युवकलाई अपहरण गरेर बिराटनगर लागिएको थियो। बिराटनगरको एउटा होटलमा यी युवकको शव फेला परेको छ। हत्या र अपहरणको आरोपमा प्रहरीले ३ जना संधिक्त व्यक्तिलाई हिरासतमा लिएको छ। प्रहरीद्वारा अनुशन्धान जारि रहेको छ। बिस्तृत जानकारी आउन बाकि। samajik_feedsamajikfeed.com

Breaking News :-रौतहट: नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह, रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सह इन्चार्ज कुन्दन कुशवाहालाइ नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी बाट निष्कासन गरेको छ।

samajik_feedsamajikfeed.com

नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टी विधान विपरीत भएको निर्णय स्वेच्छाचारी भएको बताएका छन् ।

२८ असोज, जनकपुरधाम। नेकपा एमालेका नेता भीम रावलले राष्ट्रिय निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा पार्टी विधान विपरीत भएको निर्णय स्वेच्छाचारी भएको बताएका छन् । आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले संघीय निर्वाचनमा उम्मेदवारको टिकट नदिएर एमाले नेतृत्वले अपमान गरेको बताए । अछाम क्षेत्र नं १ बाट भने रावल मात्रै पार्टीको स्थानीय समितिबाट सिफारिस भएका […]

विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले आज नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङ टिम इभेन्टमा स्वर्ण जितेका छन् ।

२८ असोज, जनकपुरधाम। विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लबले आज नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङ टिम इभेन्टमा स्वर्ण जितेका छन् । टाकले पुरुष साबर टिम इभेन्टमा बागमतीलाई ४५–२४ गोल अन्तरले पराजित गर्दै चौथो स्वर्ण जितेको छ भने एपीएफ र गण्डकी प्रदेशले चौथो स्वर्ण जितेका छन् । संयुक्त तेस्रो आयो। महिला फोइल टिम इभेन्टमा […]