Samajik Feed – News Portal from Nepal

कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने सांसद्लाई सनाखत गर्न बोलाइयो

सामाजिक फीड, विराटनगर. २७ वैशाख । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित आजै दाबी पेश गरिएको थियो । प्रदेश प्रमुखले बिहीबार साढे १२ […]

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको अध्यक्ष रहेकी वैद्यसहित २० जनाविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी ले विहिबार जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको हो ।  आन्तरिक र […]

बिना अनुमति हज यात्रामा आए कारवाही गर्ने साउदी अरेबियाको चेतावनी

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । साउदी अरेबियाको गृह मन्त्रालयले जुन २ बाट सुरु हुन लागेको हज यात्रालाई लिएर चेतावनी जारी गरेको छ । गृहमन्त्रालयले हजयात्राका क्रममा तोकेको नियम र निर्देशिका उल्लङ्घन गर्नेलाई जरिवाना गरिने जनाएको छ ।  गृहमन्त्रालयका अनुसार अनुमतिबिना हज गर्नु गैरकानुनी मानिने र हजयात्रीलाई स्वदेश फिर्ता पठाइनेछ । नियम उल्लङ्घन गरेमा […]

गण्डकी सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज पेसी

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ ।  प्रदेश सरकारले पाएको विश्वासको मतको संबिधान विपरित रहेको भन्दै कांग्रेसका गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिटमा उनले सरकारले पाएको विश्वासको मत संबिधान विपरित भएको भन्दा ठुलो दलको हैसियतमा […]

कोशीमा एमालेका कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुदै

समाजिक फीड,जनकपुरधाम , वैशाख २७ गते । कोशी प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि आज दाबी पेस गर्ने तयारी गरेका छन् । एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त गर्न दाबी पेस गर्ने तयारी भएको हो । आजै दाबि पेश गरेर नियक्तिदेखि […]

यूके पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सामाजिक फीड, काठमाडौं, २६ वैशाख । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौँ दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम […]

नेपाल भारतको सिमामा पुलबाट एक युवक पेस्तोल सहित पक्राउ, अर्का फरार

सामाजिक फीडजनकपुर, बैशाख, २६ गते । पर्सास्थित नेपाल भारत सीमामा रहेको मितेरी पुलबाट एक नेपाली युवक हतियार सहित पक्राउ परेका छन् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले एक नवलपरासी गैंडाकोट निवासी २५ वर्षीय मनोज महर्जनलाई हतियार सहित पक्राउ गरेको हो । एसएसबीका अनुसार महर्जन दुई थान पेस्तोल र दुई थान म्यागजीनका साथ पक्राउ परेका […]

राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग

समाजिक फीड,जनकपुरधाम , वैशाख २६ गते । नागरिक समाजका अगुवाहरूले राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपाललाई बर्खास्त गर्न माग गरेका छन् । निलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय, सुशील प्याकुरेल र कनकमणि दीक्षितले बुधबार संयुक्त वक्तव्य जारी गर्दै नेपाललाई बर्खास्त गर्न माग गरेका हुन् । मुलुकको हित, स्वाभिमान र पदीय मर्यादा विपरीत सल्लाहकार नेपालले १०० रुपैयाँको नोटमा नेपालको […]

रौतहटमा रक्सी खाएर आफ्नै घरमा आगो लगाउने एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम , बैशाख २६ गते । रौतहटमा आफ्नै घरमा आगो लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने राजदेवी नगरपालिका ९ ब्रहम्पुरी टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीका अनुसार मादक पदार्थ सेवन गरी आफ्नै टाटीको बेरा […]

सुनकोशी मरिण डाइभर्सनको १३‍.३ किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’

सामाजिक फीडजनकपुरधाम , बैशाख २६ गते । सुनकोशी मरिण डाइभर्सन परियोजनाको १३‍.३ किलोमिटर सुरुङ बुधबार छिचोलिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो परियोजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ‘ब्रेकथ्रु’ गरिएको हो। प्रधानमन्त्री दाहालले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका हुन्। आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका २ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी […]