कति छ आज सुनचाँदीको मुल्य ?

समाजिक फीड,जनकपुरधाम , वैशाख १८ गते । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य स्थिर रहदै १ लाख ३७ हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार छापावाल सुन […]
आगोमा परी चार वर्षीया बालिकाको मृत्यु

सामाजिक फीड, अर्घाखाँची, १७ बैशाख । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको असुरकोटमा आज दिउँसो आगोमा जलेर ४ वर्षीया बालिकाको ज्यान गएको छ। भूमिकास्थान नगरपालिका-५ असुरकोटको कुडेपानीमा रहेको खिमबहादुर विकको घरमा आगलागी हुँदा घरभित्र रहेकी ४ वर्षीया नातिनी अप्सरा बिकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। अर्घाखाँचीका प्रहरी प्रमुख डीएसपी प्रतीत सिंह राठोरका अनुसार आगलागीमा […]
कलाकार सिपी लोहनीको निधन

सामाजिक फीड, काठमाडौं, १७ बैशाख । कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा निधन भएको हो। लोहनी चर्चित नेपाली चलचित्र माइतीघरका नायक हुन्। उनी पार्किन्सन,अल्जाइमर्स र नियोनियाबाट ग्रसित थिए। ८६ बर्षका लोहनीको उपचारकै क्रममा सोमबार निधन भएको हो। उनी भारतीय नायिका माला सिन्हाका श्रीमान् हुन्। samajik_feedsamajikfeed.com
नेकपा एमाले पर्साको ९ औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु

सामाजिक फीड, वीरगञ्ज, १७ बैशाख । नेकपा एमाले पर्साको ९औं जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको छ। वीरगञ्जको लालबंगलामा अधिवेशनको उद्घाटन सत्र सुरु भएको हो। पर्सा जिल्ला संयोजक डा. विश्वम्भर शर्माको अध्यक्षता एवम् एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा उद्घाटन सत्र सुरु भएको छ। उदघाटनसत्रमा एमालेका सचिव योगेश भट्टराई, सांसद राजकुमार गुप्ता, प्रभु हजरा, निर्मला […]
भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

समाजिक फीड,जनकपुरधाम , वैशाख १७ गते । बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ। घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो। घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत […]
भारतका पुर्व प्रधानमन्त्रीका छोरा माथी यौन शोषणको आरोप

सामाजिक फीडजनकपुरधाम, बैशाख १७ गते । पूर्व प्रधानमन्त्री एचडी देवगौडाका छोरा एचडी रेवन्ना र नाति प्रज्वल रेवन्नाविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता भएको छ । एचडी रेवन्ना कर्नाटक सरकारमा पूर्व मन्त्री भइसकेका ब्यक्ति हुन । । प्रज्वल रेवन्ना कर्नाटकको हसन लोकसभा सीटबाट सांसद र जीडिएसका उम्मेदवार हुन्। उनीहरुले घरमा भान्सामा काम गर्ने एक महिलाको उजुरीको […]
वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

समाजिक फीड,जनकपुरधाम , वैशाख १७ गते । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्। भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्मी प्रसाद फाजुलाई बलात्कार आरोपमा प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो। फाजुले ती बालिकालाई पटक-पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दरबार स्क्वायरबाट खटिएको प्रहरीले पक्राउ […]
भोजपुरमा जिप दुर्घटना

समाजिक फीड,जनकपुरधाम , वैशाख १७ गते । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खस्दा एक जनाको ज्यान गएको हो। दुर्घटनामा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राईको मृत्यु भएको जिल्ला […]
सिरहामा तीनवर्षीया बालिकाको घाँटी थिचेर हत्या , आमाछोरी पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख १७ गते । सिरहामा हराइरहेकी तीनवर्षीया बालिकालाई छिमेकीले घाँटी थिचेर हत्या गरेको खुलेको छ । सिरहा नगरपालिका १८ बस्ने रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या भएको प्रहरीले जनाएको छ ।उनको हत्या गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका १८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी […]
धनुषामा पुरुषको शव फेला

समाजिक फीड,जनकपुरधाम , वैशाख १७ गते । धनुषाको नगराइन नगरपालिका-२ मा एक जना पुरुषको शव फेला परेको छ। पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय युवकको शव आँपको बगैंचामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको उनको भनाइ छ। samajik_feedsamajikfeed.com