बढी गर्मीले बिर्गियो शाहरुखको स्वास्थ्य

समाजिक फीड,जनकपुरधाम , जेठ १० गते । बलिवुड अभिनेता शाहरुख खानको स्वास्थ्य अचानक बिग्रिएपछि अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार गर्मीका कारण शाहरुखलाई अस्पताल भर्ना गर्नुपरेको थियो । शाहरुख अझै अस्पतालमै रहेको बताइएको छ । केडी अस्पतालका चिकित्सकका अनुसार शाहरुखलाई डिहाइड्रेसन समस्या थियो । जुही चावला पनि शाहरुखलाई हेर्न अस्पताल पुगेकी थिइन् । […]
निजी क्षेत्र भन्छ- उजुरीकै भरमा सिरोहियालाई पक्राउ गर्दा नकारात्मक असर पर्यो

सामाजिक फीड, काठमाडौँ, ९ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया प्रक्राउले निजी क्षेत्रको मनोबल घटाएको निजी क्षेत्रका तीनवटा संस्थाले जनाएका छन् । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभइ सुनुवाईको मौका दिनुपर्ने माग राखेको हो । उजुरीकै […]
बन्द भयो भारतसँग जोडिएको महोत्तरीको सीमानाका

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १० गते । आज देखि भारतसँग जोडिएको महोत्तरी सीमानाका ३ दिनको लागि बन्द भएको छ । भारतको विहार राज्यको शिवहरमा शनिबार हुने लोकसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै सीमानाका बन्द गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलीले जानकारी दिए । शिवहरमा शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न नेपाल-भारत सीमा संयुक्त समन्वय समितिको बैठकमा भएको […]
पूजार सार्की र फर्की फर्की रिलिज

समाजिक फीड,जनकपुरधाम , जेठ १० गते । तीन सुपर स्टार रहेको फिल्म ‘पूजार सार्की’ र अनमोल केसीको ‘फर्की फर्की’ एक साथ रिलिज भएका छन् । बुद्ध जयन्तीको सार्वजनिक विदाको अवसर पारेर बिहीबारबाट दुवै फिल्म रिलिज गरिएको हो । ‘पूजार सार्की’ मा अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय रहेको छ । यस फिल्मलाई […]
एशिया कप खेल्ने महिला क्रिकेटको प्रारम्भिक टिम घोषणा

काठमाडौँ, ९ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप महिला क्रिकेट प्रतियोगितामा भाग लिने खेलाडी छनौटको लागि २८ खेलाडीको प्रारम्भिक टिम घोषणा गरेको छ । आगामी जुलाई १९ देखि जुलाई २८, २०२४ सम्म श्रीलंकाको डाम्बुलामा महिला एशिया कप हुँदैछ । प्रारम्भिक टिममा इन्दु बर्माको कप्तानीमा २८ खेलाडी छानिएको र क्लोज क्याम्पबाट अन्तिम टिम […]
धनुषामा क्रसर उद्योगमा एक युवकको शव फेला, एक घाइते

सामाजिक फीडजनकपुरधाम , जेष्ठ १० गते । धनुषामा क्रसर उद्योगमा काम गरिरहेका एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो । फित्तामा टाउको फसेको अवस्थामा बुधवार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]
‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
समाजिक फीड,जनकपुरधाम , जेठ १० गते । बलिवुड अभिनेता सञ्जय दत्त वेलकम फ्रेन्चाइजको तेस्रो फिल्म ‘वेलकम टु द जंगल’ बाट बाहिरिएका छन् । उनले फिल्मको सुटिङ पनि सुरु गरिसकेका थिए तर अहिले स्वास्थ्य समस्याका कारण उनले फिल्म छाडेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । सञ्जय दत्त अब अक्षय कुमार, दिशा पटानी, ज्याकलिन फर्नान्डिस स्टारर फिल्म […]
सर्लाहीबाट पाँच किलो गाँजासहित एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १० गते । सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानी स्थित बस बिसौनीबाट पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनको साथबाट प्लाष्टिकको बोरामा रहेको ५ किलो गाँजा बरामद गरी थप अनुसन्धान […]
बेलायतको संसद भंग, आगामी जुलाईमा आम निर्वाचनको घोषणा

समाजिक फीड,जनकपुरधाम , जेठ १० गते । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले देशमा आमनिर्वाचन हुने घोषणा गरेका छन् । बुधबार प्रधानमन्त्री सुनकले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताउँदै आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन् ।ब अर्को साता संसद विघटन हुँदैछ र त्यसपछि निर्वाचन प्रक्रिया सुरु हुने बेलायती मिडियाले उल्लेख गरेका छन् । […]
आज २५६८औं बुद्ध जयन्ती मनाइदै

समाजिक फीड,जनकपुरधाम , जेठ १० गते । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने […]