Samajik Feed – News Portal from Nepal

नेपालमा इन्टरनेट सेवा अवरुद्ध, एयरटेल भुक्तानी रोकिएपछि समस्या

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । नेपालमा इन्टरनेट सेवा प्रभावित भएको छ। आइतबार साँझ ८ बजेदेखि विभिन्न इन्टरनेट सेवा प्रदायकका ग्राहकले इन्टरनेट समस्या भोगिरहेका छन्। इन्टरनेट सेवा प्रदायक संघ (आईएसपान) का अध्यक्ष सुधीर पराजुलीका अनुसार भारतीय इन्टरनेट कम्पनी एयरटेल डाउन भएकाले सेवा अवरुद्ध भएको हो। पराजुलीले भने, “एयरटेलले नेपाललाई उपलब्ध गराउने इन्टरनेट सेवा २ घण्टादेखि […]

अमेरिकाले युएसएआईडीको वेबसाइट बन्द गर्‍यो, कर्मचारीहरू बिदामा

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) को वेबसाइट बन्द गरिएको छ। विश्वव्यापी विदेशी सहायता र विकास सहयोग रोक लगाएपछि अमेरिकी सरकारले शनिबारदेखि वेबसाइट अनलाइनबाट हटाएको हो। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार युएसएआईडीका १०० भन्दा धेरै कर्मचारीलाई बिदामा पठाइएको छ भने झण्डै ३० जना कर्मचारीले आफ्नो इमेल पहुँच गुमाएका छन्। यसैबीच, […]

नेपालगञ्ज र धनगढीमा आज उच्च तापक्रम भोलि केही स्थानमा वर्षा र हिमपातको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । महाशाखाका अनुसार आज देशभर मौसम सामान्यतया सफा रहनेछ । तर, भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । त्यसैगरी, भोलि मधेश र कोशी प्रदेशका तराई क्षेत्रहरूमा लागेको हुस्सु र कुहिरो मध्यान्हपछि क्रमिक रूपमा हट्दै जानेछ । […]

नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब रुपैयाँ नाघ्यो

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालको व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४ प्रतिशतले वृद्धि भएको हो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको ९.८ प्रतिशतभन्दा […]

तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा दास चयन

सामाजिक फीड-जनकपुरधाम, माघ २१ गते । तराई वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा रौतहटका हृदय नारायण दास चयन भएका छन्। लोकतान्त्रिक समाजवादी पार्टी निकट फोरमको बैठकले दासको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति पुनर्गठन गरेको हो। कार्यसमितिमा प्रथम उपाध्यक्ष संजय चौधरी, द्वितीय उपाध्यक्ष खातुन राईन, तृतीय उपाध्यक्ष निर्मल राय आमात्य, महासचिव बिरेन्द्र कुमार यादव, सचिव हाकिम राय, तथा […]

राउतको प्रस्ताव: ‘धोती, बिहारी, मर्स्या’ शब्द बोल्नेलाई कानुनी कारबाही गरियोस्

सामाजिक फीड, जनकपुरधाम, माघ २० सांसद डा. सीके राउतले जातीय, भाषिक तथा क्षेत्रीय पहिचानमाथि हुने अपमानजनक व्यवहारलाई रोक्न कानुनी प्रावधान आवश्यक रहेको भन्दै संघीय संसद सचिवालयमा विधेयक दर्ता गरेका छन्। विधेयकमा ‘धोती, बिहारी, मर्स्या’ जस्ता शब्द प्रयोग गरी अपमान गर्नेहरूलाई कारबाही गर्नुपर्ने प्रस्ताव राखिएको छ। samajik_feedsamajikfeed.com

धनुषामा २५ किलो गाँजा बरामद, दुई जना फरार

सामाजिक फीड, जनकपुरधाम, माघ २० मिथिला नगरपालिका-८ बडहरी पुलबाट प्रहरीले करिब २५ किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरीबाट खटिएको प्रहरीले आइतबार बिहान बागमती प्र.०२-०२९ प ३७३६ नम्बरको मोटरसाइकललाई जाँच गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ। यसक्रममा मोटरसाइकल र ब्याग छोडे मोटरसाइकलमा सवार दुई जना व्यक्ति फरार भएका […]

अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा ललितपुरबाट २५ जना पक्राउ

सामाजिक फीड, जनकपुरधाम, माघ २० – प्रहरीले ललितपुरबाट भारतीयसहित २५ जनालाई पक्राउ गरेको छ। एक भारतीय अनलाइन साइटमार्फत् एक अर्बभन्दा बढीको अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले शनिबार राति १० भारतीय र १५ जना नेपालीलाई पक्राउ गरेको हो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका-२ को घरबाट अनलाइन जुवा खेलाइरहेकालाई पक्राउ गरेको हो। ‘ठूलो रकमको अनलाइन […]

न्यूनतम विद्यार्थी सङ्ख्या तोक्दा एसईई परीक्षा केन्द्र टाढा हुने जोखिम

सामाजिक फीड-जनकपुरधाम , माघ  २० गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) को केन्द्र निर्धारण गर्दा न्यूनतम विद्यार्थी सङ्ख्याको मापदण्ड तोक्नाले परीक्षा केन्द्र टाढा जानुपर्ने जोखिम बढेको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शिक्षा विकास तथा समन्वय इकाईलाई पत्र पठाएर दुर्गम, हिमाली, पहाडी र तराई/मधेस क्षेत्रमा परीक्षा केन्द्र तोक्नका लागि न्यूनतम विद्यार्थी […]

ध्वनी प्रदूषण नियन्त्रणको माग गर्दै प्रशासनमा निवेदन

सामाजिक फीड-जनकपुरधाम , माघ  २० गते । धनुषामा शरस्वती पूजाको अवसरमा ध्वनी प्रदूषण नियन्त्रणको माग गर्दै स्थानीय नागरिकहरूले प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाएका छन्। निवेदनमा, विभिन्न चौक, विद्यालय र क्याम्पसहरूमा अस्लिल भोजपुरी गीतहरूको डी.जे. बजाएर सभ्य समाजको संस्कृति माथि प्रहार गरिने र यौन शोषणको जोखिममा बालिकाहरू पर्ने चिन्ता व्यक्त गरिएको छ। निवेदक अधिवक्ता रेखा झा, […]