रामराजा बहुमुखी क्याम्पस प्रमुख कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ

सामाजिक फीड-१३ गते जनकपुरधाम पाँच महिना अघि गोली प्रहार गरी हत्या गरिएको रामराजा बहुमुखी क्याम्पस प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न मुख्य अभियुक्त सुरेन्द्र कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार, अभियुक्त सुरेन्द्र कुशवाहा आदर्श कोतवाल नगरपालिका वडा नम्बर-२ स्थित आफ्नो घरबाट फर्कने क्रममा गोली प्रहार गरी हत्यामा संलग्न थिए। घटनापछि फरार रहेका कुशवाहालाई बारा […]
जनकपुरको पुरानो पर्खालमा सांस्कृतिक रङहरू

सामाजिक फीड-१३ गते जनकपुरधाम जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली)को पुरानो पर्खाललाई मिथिला पेन्टिङले सिंगार्न थालिएको छ। २०७० सालदेखि बन्द रहेको यस कारखानाको बाहिरी पर्खालमा मधेश प्रदेश सरकारले ३,५०० फिट क्षेत्रफलमा १६० फरक–फरक मिथिला पेन्टिङ बनाउने योजना सुरु गरेको छ। पेन्टिङमा मिथिलाको संस्कृति, रहनसहन, खानपान, र विविधता झल्कनेछ। ५० जना स्थानीय कलाकार खटिएका छन्, र २० […]
अनलाइन स्वास्थ्य सेवामा संलग्न युवक हनी ट्रयापको शिकार: प्रहरीको अनुसन्धानमा तीन पक्राउ

सामाजिक फीड-१३ गते जनकपुरधाम काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा १२ मंसिर २०८१ मा भएको एक विशेष घटनाले ध्यान खिचेको छ। रौतहटका २३ वर्षीय अहेब राधे शर्मा (नाम परिवर्तन) हनी ट्रयापको शिकार बनेपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा २५ वर्षीया वर्षा दर्जी, २५ वर्षीया समृद्धि मगर, र ३० वर्षीय दिपेन्द्र दर्जी रहेका […]
दक्षिण कोरियाको सोलमा इतिहासकै तेस्रो भारी हिमपात

सामाजिक फीड-१३ गते जनकपुरधाम दक्षिण कोरियाको राजधानी सोलमा इतिहासकै तेस्रो भारी हिमपात भएको छ। बुधबार र बिहीबारको भारी हिमपातपछि सोलमा २८.६ सेन्टिमिटर हिउँ जमेको छ। कोरियामा सन् १९०७ बाट हिमपातको रेकर्ड राख्न थालिएको हो। इतिहास अनुसार, मार्च २४, १९२२ मा सोलमा ३१ सेन्टिमिटर, जनवरी ३१, १९६९ मा ३० सेन्टिमिटर, र त्यसै वर्षको फेब्रुअरी १ मा […]
महोत्तरीका सीडीओ कवारी र पर्साका सीडीओ अर्याल विवादमा, गृहमन्त्रीले मागे स्पष्टीकरण

सामाजिक फीड-१३ गते जनकपुरधाम महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीको संलग्नतामा घुसखोरीको आरोप लागेपछि गृहमन्त्री रमेश लेखकले उनलाई मन्त्रालयमा बोलाएर स्पष्टीकरण मागेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले महोत्तरी जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा अशोककुमार यादवलाई घुस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेपछि कवारी विवादमा परेका हुन्। यादवले दिएको बयानअनुसार कवारीले पनि घुसको […]
सिरहामा ‘पेटमा बच्चा दिने’ भन्दै लाखौँ ठग्ने धामी पक्राउ

सामाजिक फीड-१२ गते जनकपुरधाम सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ५ निवासी दुःखि ठाकुर नामका एक धामीलाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा लहान प्रहरीले पक्राउ गरेको छ। ठाकुरले बच्चा नहुने महिलाहरुलाई ‘पेटमा बच्चा हुने’ भनेर औषधि दिने, मन्त्र फुक्ने र त्यसका लागि ३५ हजारदेखि १ लाख रुपैयाँसम्म असुल्ने गरेको खुलेको छ। धनुषा, सिरहा, सप्तरी लगायतका विभिन्न […]
रास्वपाको आरोप: “रवि लामिछानेलाई बदनाम गर्न सुनियोजित प्रयास”

सामाजिक फीड-१२ गते जनकपुरधाम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई थुनामा राखेर सुनियोजित रूपमा बदनाम गर्न खोजिएको आरोप लगाएको छ। मंगलबार पार्टी कार्यालय चःमतिमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनीष झाले अनुसन्धान प्रक्रियालाई पूर्वाग्रही भनी आलोचना गर्दै, “सभापतिज्यूलाई थुनाभित्र राखेर बारको बीचबाट भाला हानेजस्तो काम भइरहेको छ,” भने। झाले ‘सपोर्टिङ डकुमेन्टबिना साइन गरिएको […]
मुख्यमन्त्री सिंह: “मधेश प्रदेशमा विकासको सम्भावना प्रचुर, तर सही सदुपयोगको अभाव”

सामाजिक फीड-१२ गते जनकपुरधाम मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशमा विकासका प्रचुर सम्भावनाहरू भए पनि तिनको सही सदुपयोग र व्यवस्थापनको अभावले प्रदेशको आर्थिक विकासमा बाधा पुगिरहेको बताएका छन्। जनकपुरधाममा मंगलबार आयोजित ‘प्रभावकारी र द्रुत सेवाका लागि बहुसरोकारवालाहरू संग कार्यशाला गोष्ठी’मा उनले योजनाहरू समयमा सम्पन्न नहुनु प्रदेशको विकासको प्रमुख चुनौती रहेको उल्लेख गरे। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय […]
जनकपुरधाममा अतिक्रमित सार्वजनिक बाटो खाली गराइयो
सामाजिक फीड-१२ गते जनकपुरधाम जनकपुरधाम उपमहानगरपालिकाले हनुमान चलचित्र मन्दिरदेखि जिल्ला अदालतसम्म जाने सार्वजनिक बाटोमा अतिक्रमण गरी बनाइएका घरटहरा र पार्किंग भत्काएको छ। मंगलबार नगर प्रहरीले मोडल मल्टिपल कलेजले सडक अतिक्रमण गरी बनाएको घेराबार, घरटहरा र पार्किंग संरचनाहरू हटाएको हो। जनकपुरधाम–४ स्थित उक्त कलेजले सडक कब्जा गरेर बनाएको पार्किंग स्थल हटाउन उपमहानगरपालिकाले सूचना जारी गरेको थियो। […]
अमेरिकामा बलात्कारपछि हत्या गर्नेको ४५ वर्षपछि भयाे पहिचान

१२ मंसिर २०८१, बुधवार, अमेरिकाको क्यालिफोर्नियामा प्रहरीले ४५ वर्ष पुरानो एउटा बलात्कार र हत्याको मुद्दा हल गरेको छ। १७ वर्षीया एस्थर गोन्जालेजको शव प्रहरीले फेब्रुअरी १०, १९७९ मा रिभरसाइड काउन्टीको राजमार्गनजिकै हिउँको थुप्रोमा फेला पारेको थियो। यसअघि पनि महिलामाथि बलात्कार भएको अनुसन्धानबाट खुलेको छ। पछि उनलाई कुटपिट गरी हत्या गरियो। एस्तर लस एन्जलसमा आफ्ना आमाबाबुसँग […]