Samajik Feed – News Portal from Nepal

भक्तपुरमा इन्जिनियर मृत फेला

समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा दोषी ठहर भएका इन्जिनियर नवीनकुमार पोखरेल भक्तपुरमा मृत अवस्थामा भेटिएका हुन् । बिहीबार बिहान करिब १० बजेतिर भक्तपुरको लोकन्थलीस्थित एक घरमा ५७ वर्षीय पोखरेल घरको रेलिङमा झुन्डिएको अवस्थामा भेटिएका हुन् । पोखरेल मृत फेला परेको प्रहरी वृत्त ठिमीका डिएसपी प्रेमसागर केसीले बताए। पोखरेल झुण्डिएको […]

उपराष्ट्रपति यादव र इजरायलका राजदूतबीच भेटवार्ता

सामाजिक फीड, काठमाडौँ, ११ जेठ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायली राजदूत हानान गोडर गोल्डबर्गरले शिष्टाचार भेटवार्ता गरेका छन् । आज उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उनीहरूबीच दुई पक्षीय सम्बन्ध, कृषि तथा श्रम क्षेत्रमा सहयोगलगायत आपसी हित र चासोका विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ । सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र इजरायलबीच […]

भारतको छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा आठ संदिग्ध माओवादी मारिएको दाबी

समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । भारतको छत्तीसगढको नारायणपुरमा भएको भिडन्तमा सुरक्षा बलले आठ संदिग्ध माओवादी मारिएको दाबी गरेको छ । खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । भारतीय मिडियाका अनुसार बुधवार राति नारायणपुरको रेकावा क्षेत्रमा माओवादी भएको खबर आएपछि नारायणपुर, विजापुर र दन्तेवाडा गरी तीन जिल्लाका बस्तर […]

कैलाश सिरोहियालाई बयान गराइँदै

सामाजिक फीड,काठमाडौँ, ११ जेठ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषामा बयान गराइँदै छ । बयान पूरा भएपछि उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यसअघि अदालतले दिएको तीन दिनको म्याद आज सकिएको छ । शुक्रबार दोस्रोपटक म्याद लिइनेछ । दोहोरो नागरिकता लिएको […]

काकाको हत्या गरेको अभियोगमा पक्राउ

समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । सल्यानको शारदा नगरपालिका-६ बरला बस्ने आफ्नै काका ४२ वर्षीय घनश्याम बिष्टको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३१ वर्षीय डन राज बिष्टलाई प्रहरीले पक्राउ गरेको छ ।   डन राजले जेठ ४ गते कुटपिट गर्दा गम्भीर घाइते भएका घनश्यामको जिल्ला अस्पताल सल्यान हुँदै कोहलपुर मेडिकल कलेज […]

भारतमा बर्ड फ्लुको प्रकोपले झन्डै १,००० चराको ज्यान मारिए

समजिक फीड जनकपुर, ११ जेठ २०८१, शुक्रवार पूर्वी भारतको झारखण्ड राज्यमा बर्ड फ्लुको प्रकोप पछि अधिकारीहरूले कुखुराहरू मार्न थालेका छन् । झारखण्डको राजधानी शहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीहरूले शतर्कता अपनाएका छन् । पशुपालन विभागका रयापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म ७७० हाँससहित ९२० कुखुरा मारिएको […]

सहकारी ठगी प्रकरण: कार्यदल निष्कर्षविहीन

सामाजिक फीड, काठमाडौँ, ११ जेठ । सहकारी ठगी प्रकरणको छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बिना निष्कर्ष सकिएको छ । शुक्रबार सिंहदरवारस्थित कानून मन्त्रालयमा बसेको बैठक निष्कर्षमा पुग्न नसकेको हो । कार्यदलका सदस्य महेश बर्तौलाले कांग्रेसले नयाँ प्रस्ताव ल्याएको बताउदै सहकारीको नाम मात्र उल्लेख गरेर छानबिन गर्नगरि प्रस्ताव […]

पपुवा न्युगिनीमा पहिरो, १०० भन्दा बढीको मृत्यु भएको आशंका

समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ । मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १०० भन्दा बढी हुनसक्ने आशंका गरिएको छ । अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १०० जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध […]

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण

समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते ।  राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुङ्गानाबाट एक कार्यक्रमकाबीच शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बैंक सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा २ तथा […]

सुपरहिट फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु

समाजिक फीड,जनकपुरधाम , जेठ ११ गते । सन् १९९७ को सर्वकालीन ब्लकबस्टर फिल्म बोर्डरको सिक्वेलको तयारी सुरु भएको छ । यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिनेछन् । अब छिट्टै यो चलचित्रको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ । मिडिया रिपोर्टका अनुसार बोर्डर २ को छायांकन अक्टोबरबाट सुरु हुने बताइएको छ […]