फैलिँदै ह्युमन मेटान्युमो भाइरस

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । चीनबाट फैलिएको नयाँ भाइरस, ह्युमन मेटान्युमोभाइरस (एचएमपीभी), ले त्रास बढाएको छ। भारतका छिमेकी मुलुकहरूमा यस भाइरसको संक्रमण पुष्टि भएको छ, जसको कारण स्वास्थ्य विज्ञहरूले जोखिमको चेतावनी दिएका छन्। नेपालमा पनि यस भाइरसको संक्रमण फैलन सक्ने सम्भावना रहेको स्वास्थ्य विभागका अधिकारीहरूले बताएका छन्। भारतका कर्नाटक, गुजरात र बैंगलोरका तीन […]
भन्सार छलिका ७५ बोरा चामल बरामद

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । वीरगन्ज–६ मीनाबजारस्थित आलुको गोदाममा अवैध रूपमा भण्डारण गरिएका ७५ बोरा भारतीय चामल प्रहरीले बरामद गरेको छ। विशेष सूचनाको आधारमा मंगलबार बिहान, वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले गोदाममा छापा मारेर उक्त चामल बरामद गरेको हो। प्रहरी निरीक्षक निरोज चौलागाईका अनुसार, बरामद चामल विभिन्न ब्राण्डका ७५ बोरा थिए, […]
शक्तिशाली भूकम्प: तिब्बतमा ९५ जनाको मृत्यु, सयौँ घरहरू भत्किएका

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानहरूमा शक्तिशाली भूकम्पको धक्का अनुभव गरिएको छ। भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएका छन्। चिनियाँ अधिकारीहरूले यस भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमा नजिकैको सगरमाथा क्षेत्र रहेको जानकारी दिएका छन्। भूकम्पका कारण नेपाल, भारत र भुटानमा पनि […]
जनकपुरधाममा ५० लाख रुपैयाँको कार्यादेशसँगै राम मन्दिर पार्क सौन्दर्यीकरण अभियान शुरु

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले राम मन्दिर पार्क सौन्दर्यीकरण अभियानको योजना अघि सारेको छ। पार्क सौन्दर्यीकरणको लागि स्थानीय महावीर युवा कमिटिलाई ५० लाख रुपैयाँको कार्यादेश दिइएको हो। अजय कुमार गुप्ता, महावीर युवा कमिटिका अध्यक्षले जानकारी दिए अनुसार मन्दिरको मौलिकता हराउँदै गएको समयमा मन्दिर परिसरमा स्वच्छता, सुन्दरताका साथ रमणीय स्थलहरूको निर्माण, सरसफाइ, […]
पूर्व राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा सक्रिय नहुन डा. बाबुरामको सुझाव

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्व राष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कने विषय सम्बन्धित पार्टीको मात्र सवाल नभएको बताएका छन्। पूर्व राष्ट्रपति विद्या भण्डारी र पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सक्रिय राजनीतिमा फर्कने चर्चाका बीच भट्टराईले मंगलबार सामाजिक सञ्जाल एक्समा पोस्ट […]
विवाहपूर्व बच्चा जन्माएकी १५ वर्षीया किशोरीको विचल्ली

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । विवाह अगावै बच्चा जन्माएकी सप्तरीको छिन्नमस्ता गाउँपालिका ७ हाटीकी १५ वर्षीया किशोरी विच्चलीमा परेकी छन । छिमेकी एक युवासंग प्रेममा परेकी नाम परिवर्तन गरिएको मण्डल गर्भवती भएपछि प्रेमी नै फरार भएका कारण विचल्लीमा परेकी हुन । विहेको प्रलोभन देखाई छिमेकी २२ वर्षिय प्रमोद कुमार मण्डलले पटक/पटक शारीरिक सम्बन्ध […]
बाराको मलेखगञ्जबाट पेट्रोलियम पाइप लाइन विस्तार हुँदै

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको काम छिट्टै अगाडि बढाइने भएको छ । मोतीहारी–अमलेखगञ्ज पाइप लाइनको काम सकिएपछि चितवनको लोथरसम्म पाइप लाइन विस्तार गर्ने लक्ष्यसहित काम अघि बढाउन लागिएको हो । अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनको काम अगाडि बढाउने विषयमा […]
माओवादी केन्द्रीय समिति, १०० जनाले बोल्न बाँकी

काठमाडौं, २२ पुस । नेकपा (माओवादी केन्द्र)को आठौं केन्द्रीय समितिको छैठौं बैठकको दोस्रो दिनको छलफल सकिएको छ। १८० जनाले बोल्नका लागि नाम टिपाएकोमा आज ८० जनाले बोलिसकेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। बैठक भोलि विहान ११ बजेसम्मा लागि स्थगित भएको छ । आज बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल […]
भ्रष्टचार गर्दिन भन्नेहरू नै भ्रष्टचारमा लिप्त छन्: प्रभु साह

बिरगंज, २२ पुस । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यले बिरगंजमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् । सरकारका मान्छेहरु भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप उनले लगाए ।भ्रष्टाचार नियन्त्रण गर्नेहरूकै मिलेमतोमा खुलमखुल्ला भ्रष्टाचार भैइरहेको अध्यक्ष साहले आरोप लगाए । आजपा पर्सा जिल्ला कमिटीको […]
नेपालमा जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु, ५९९ जना घाइते

सामाजिक फीड-पुष २२ गते – जनकपुरधाम । २०८१/०८२ – नेपालमा पछिल्ला पाँच महिनामा सर्प, बाघ, गैँडा, हात्ती र भालुको आक्रमणबाट ८३ जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार चालु आर्थिक वर्षको श्रावणदेखि मंसिर महिनासम्म ५९९ जना घाइते भएका छन्, र २५६ जनाको उद्धार र उपचारमा प्रहरी सहयोगी रहेको छ। सर्वाधिक मृत्यु सर्पको टोकाइबाट भएको […]