Samajik Feed – News Portal from Nepal

धनुषामा क्रसर उद्योगमा एक युवकको शव फेला, एक घाइते

सामाजिक फीडजनकपुरधाम , जेष्ठ १० गते । धनुषामा क्रसर उद्योगमा काम गरिरहेका एक युवकको शव फेला परेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका ६ मा रहेको कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव फेला परेको हो । फित्तामा टाउको फसेको अवस्थामा बुधवार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]

सर्लाहीबाट पाँच किलो गाँजासहित एकजना पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ १० गते । सर्लाहीको लालबन्दी नगरपालिका २ जुटपानी स्थित बस बिसौनीबाट पाँच किलो गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको जलेश्वर नगरपालिका ९ बस्ने ६५ वर्षीय नागेन्द्र सिंह रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । उनको साथबाट प्लाष्टिकको बोरामा रहेको ५ किलो गाँजा बरामद गरी थप अनुसन्धान […]

मधेश :२ क्विन्टल भारतीय माछा नियन्त्रणमा

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ९ गते । भारतबाट गैरकानूनी तरिकाले नेपाल भित्र्याउन खोजिएको माछा सर्लाही प्रहरीले नियन्त्रणमा लिएर खाडोमा पुरेको छ । भारतको सिमावर्ती बलरा नगरपालिका-१ सेढवामा इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँढे २ क्वीण्टल माछा नियन्त्रणमा लिई खाडलमा पुरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक श्रेष्ठले […]

मधेस प्रदेशमा बढदै लुटपाटको घटना

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ९ गते । मधेस प्रदेशका जिल्लाहरुमा दिनदहाडै हुने लुटपाटको घटनामा वृद्धि भएको छ । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको तथ्यांक अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्र १५ वटा डाँका तथा चोरीको घटना दर्ता भएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुबास चन्द्र बोहराका अनुसार लुटपाटका घटनाहरु छुट्टै […]

अपहरण तथा हत्यासम्बन्धी मुद्दाका फरार प्रतिवादी समातिए

सामाजिक फीड,रौतहट, ८ जेठ । प्रहरीले संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले गौर नगरपालिका-१ स्थित नेपाल भारतको बोर्डर भन्सार नजिकबाट गौर नगरपालिका-५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई पक्राउ गरेको हो । मिश्रसमेत गौर नगरपालिका-३ बस्ने २७ वर्षीय रोहित कुमार […]

आधा दर्जन मुद्दाका फरार आरोपित १६ वर्षपछि पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ८ गते । पर्साका शाखा अधिकृतलाई गोली हानी हत्या गरेर फरार रहेका प्रेम गिरीलाई पर्सा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रेम गिरीमाथि हत्या, डकैती लगायतका जघन्य प्रकृतिका आधा दर्जन मुद्दा रहेका छन । उनलाई उनकै गाउ सखुवाप्रसौनी गाउँपालिका–५ बलुवास्थित घरबाट पक्राउ गरेको हो । उनको उमेर ७२ वर्ष हो । […]

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ८ गते । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा लोकसभा चुनावका कारण गएको शनिवारदेखि हिजो सोमवारसम्म रेल सेवा पूर्ण रुपमा बन्द गरिएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा हिजो मतदान सम्पन्न भएपछि रेलसेवा नियमित सञ्चालन […]

धनुषाबाट चार जना किशोर किशोरीको उद्धार

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते धनुषाबाट चार जना किशोर किशोरीहरूको उद्धार गरिएको छ । सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा इलाकाबाट उद्धार गरिएको हो । नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाका साथ यात्रुवाहक बसमा चढी आएका उनीहरूलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश […]

सर्लाहीका पर्यटकीय क्षेत्र ओझेलमा

सामाजिक फीड, सर्लाही, ६ जेठ । सर्लाहीमा रहेका पुरातात्त्विक, धार्मिक र पर्यटकीय महत्त्वका स्थलहरू ओझेलमा परेका छन् । स्थानीय तहको बेवास्ताका कारण यी क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको आकर्षण कम हुँदै गएको स्थानीयको आरोप छ । जिल्लामा विविध महत्त्व बोकेका पर्यटकीय स्थलहरू भएपनि अधिकांश पर्यटकीय स्थलको संरक्षणमा स्थानीय तहको ध्यान पुग्न सकेको छैन । पर्यटकीय स्थलको विकास तथा […]

अख्तियारको कर्मचारी भन्दै पैसा माग्दै हिँडेका यादव सिरहाबाट पक्राउ

सामाजिक फीडजनकपुरधाम, जेष्ठ ६ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै पैशा अशुली गर्दै हिँडेको आरोपमा प्रहरीले सिरहाबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका ४ का ४० वर्षीय रामधनी यादव छन् । गोलबजार नगरपालिका ३ स्थित आधारधुत विद्यालय जरुवाबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्त डीएसपी मुक्तिनाथ सापकोटाले बताए […]

error: Content is protected !!